अनौपचारिक तरिकाले मोबाईलको क्यामाराबाट खिचिएको सद्दाम हुसैनलाई फाँसीको सजाय दिएको दृश्य
मृत्युदण्ड दिईएको क्षणमा मोवाइल फोनको क्यामरा मार्फत खिचिएको एक अनौपचारिक भिडियोलाई हाल इन्टरनेटमा राखिएको छ। सो भिडियोमा घाँटीमा डोरी कस्न सद्दाम हुसैन उभिएकोबेला उनलाई ‘तिम्रो नरकमा बास होस’ भनिएको आवाज सुन्न सकिन्छ। उनले मुस्काएर जवाफ दिंदै ‘तिम्रो पनि नरकमा बास होस’ भनेका थिए। त्यसपछि उनले इस्लामिक आस्थाका शब्दहरू बोलेका थिए। केहीबेरपछि तानाशाहको प्राण गयो भनेर कसैले जोडले कराएको थियो। उक्त अनौपचारिक भिडियोमा अपदस्थ नेता जीवनको आखिरीसम्म पनि अवज्ञापूर्ण र हठी देखिएका थिए।
