नेपाल १ मा महासंघको धर्ना
आन्दोलनरत नेपाल १ टेलिभिजनका सञ्चारकर्मी तथा कर्मचारीको मागप्रति ऐक्यबद्धता जनाउँदै नेपाल पत्रकार महासंघले आज टेलिभिजन कार्यालयमा भर्ना दिने भएको छ।
महासंघले अपरान्ह एक घण्टा जमलस्थित नेपाल १ को कार्यालयमा धर्ना दिन लागेको महासचिव विष्णु निष्ठुरीले जनाएका छन्। हिजोबाट दुइ जना सञ्चारकर्मीले आमरण अनसन शुरु गरेपछि महासंघले उक्त निर्णय गरेको हो।
यसैबीच, नेपाल १ को मुख्यालय भारतको नयाँदिल्लीमा कार्यरत कर्मचारीले पनि नेपालका कर्मचारीले गरेको आन्दोलनप्रति समर्थन जनाएका छन्। त्यहाँ काम गरिरहेका सम्पूर्ण कर्मचारी तथा सञ्चाकर्मीले विज्ञप्ति मार्फत ऐक्यवद्धता जनाएका छन्।
यता, आमरण अनसन बसेका सञ्चारकर्मीलाई आज नेपाली कांग्रेसका महामन्त्री कुलबहादुर गुरुङको नेतृत्वमा गएको टोलीले भेटघाट गरेको छ। त्यस्तै भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका नेता सीताराम येचुरीले पनि आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन्।
