'शान्ति र प्रजातन्त्रका लागि पूर्ण प्रेस स्वतन्त्रता' Mnja

Home | Set as homepage |About us | Register | Mail Us | Log in

April 26, 2007

नेपाल-कोरिया कल्चर एक्सचेञ्ज कार्यक्रम सम्पन्न

Filed under: अन्य

दक्षिण कोरियाको छनानस्थित छनान सिटी हलमा दुई देशबीचको कल्चर एक्सचेञ्ज कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका निर्देशक केशव सापकोटाले दिनुभएको जानकारीअनुसार नेपालबाट १४ जनाको साँस्कृतिक टोली १५ अप्रीलमा दक्षिण कोरिया आई यही २५ अप्रीलमा कोरियाको छनानस्थित छनान सिटी हलमा विभिन्न किसिमका साँस्कृतिक नृत्यहरु प्रस्तुत गरेका थिए ।

जसमा प्रस्तुत गरिएका विभिन्न नृत्यमध्य मञ्जुश्री, धाननाच, झाँगर नाच, घाँटु नाच, शेर्पा नाच र समग्रमा नेपालमा रहेका सबै जातजातिको संस्कृति झल्कने नृत्यहरु प्रस्तुत गरिएको थियो । उक्त साँस्कृतिक आदान-प्रदान कार्यक्रममा प्रमुख अतिथि कोरियाका लागि नेपाली कार्यबाहक राजदूत यादव खनाल रहनु भएको थियो भने अन्य अतिथिमा छनान महानगरपालिकाका उपप्रमुख, कोरिया वल्र्ड पिस फोरमका अध्यक्ष, सोनसिकका अध्यक्ष प्रमोद श्रेष्ठलगायतका हुनुहुन्थ्यो ।

त्यसैगरी कार्यक्रमका निर्देशक केशव सापकोटाले दिनुभएको जानकारीअनुसार कोरियामा दुई महिनासम्म रही कोरियाका विभिन्न सहरहरुमा नेपालको संस्कृति झल्कने किसिमका साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिने भएको छ।

Comments »

The URI to TrackBack this entry is: http://mnja.blogsome.com/2007/04/26/p64/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Get free blog up and running in minutes with Blogsome
Theme designed by Ian Main

free html counters