'शान्ति र प्रजातन्त्रका लागि पूर्ण प्रेस स्वतन्त्रता' Mnja

Home | Set as homepage |About us | Register | Mail Us | Log in

April 22, 2007

‘उही ड्याङका मूला’

‘जुन जोगी आए पनि कानै चिरेको’ भनेझैं आठदलीय गठबन्धनको अन्तरिम सरकार पनि हिजोको सरकारभन्दा भिन्न देखिएन। सरकार गठन भएको यतिका दिन बितिसक्दा पनि सरकारले ‘ढलेको भाँडो’ समेत उठाउन सकेको छैन।

जनताप्रति उत्तरदायी र क्रान्तिकारिताको बखान गर्ने माओवादीसमेत सत्तामा पुगेपछि सर्वहाराका मुद्दाहरू बिर्सिए झैं भएको छ। देशका कैयौं अत्यावश्यक मुद्दाहरू समाधान गर्न सरकार मौन देखिन्छ। बाह्र वर्षदेखि बांगिएका सात दलका पुच्छरसँग माओवादी पुच्छर पनि बांगिन थालेका छन्। माओवादी सम्मिलित सरकारले पनि मुलुकको कार्यकारी अधिकारबाट निलम्बित राजा ज्ञानेन्द्रका कामकारबाही र गतिविधि नियन्त्रण गर्न सकेको छैन।

अन्तरिम संविधानद्वारा पूर्णतः निष्क्रिय, भूमिकाविहीन बनाइएका राजा ज्ञानेन्द्र पटकपटक विभिन्न बहानामा सन्देश दिइरहेछन्। उनी अझै कर्मचारी र सेनाको बलमा नारायणहिटी दरबारमा मस्त छन्। सरकारलाई चुनौती दिँदै सरकारले अवकाश दिएका दरबारका कर्मचारीलाई भटाभट बढुवा गरिरहेछन्। राजाद्वारा सम्पत्ति विवरण सरकारलाई नबुझाएर अझै जनताप्रति बेइमानी भइरहेछ। तर माओवादीसहितको अन्तरिम सरकार केवल रमिता हेरिरहेछ।

यो सरकार पनि बिगतका सरकारहरूभन्दा कत्ति पनि भिन्न छैन। यो सरकार लाचार छ, निरीह छ। यो सरकारले पनि राजा ज्ञानेन्द्रका कुनै अधिकार कटौती गर्न सक्दैन। यस्तो लाग्छ यो सरकारले पनि राजा ज्ञानेन्द्रसँग अप्रत्यक्ष आत्मसमर्पण गरिसकेको छ। अब जनतालाई कुनै राजनीतिक दलप्रति विश्वास छैन।

यी सबै ‘उही ड्याङका मूला’ हुन्। हिजो राजा ज्ञानेन्द्रप्रति ठडिएका जनताका औंला अब आठ राजनीतिक दलप्रति ठडिनेछ। अबको जनताको आन्दोलन यिनै नामर्द आठ राजनीतिक दल र तथाकथित ‘रत्यौली राजनीति’ प्रति हुनेछ।

हिंसा, त्रास शान्ति प्रकृयाको समस्या: मोरियार्टी

नेपालका लागि अमेरिकी राजदूत जेम्स मोरियार्टीले गाउँघरमा हिंसा, धम्की र त्रासको वातावरण अहिलेपनि जारी रहेको बातउँदै तिनले नेपालको शान्ति प्रकृयामा धेरै ठूला समस्या खडा गरेको विचार व्यक्त गरेका छन्।

पूर्वाञ्चलको तीन दिने भ्रमण सकेर बिहीबार राजधानी फर्कनुअघि विराटनगरमा संचारकर्मीहरूसंग बोल्दै राजदूत मोरियार्टीले उनको भ्रमण विवादास्पद भैरहेको भन्ने प्रश्नमा प्रजातान्त्रिक नेपाल र शान्ति बाहेक अमेरिकाको अरु कुनै रुची नरहेको बताएका छन्।

उनले भने, ‘’नेपालमा अमेरिकाको हित (स्वार्थ) कम छ। हाम्रो हित एउटा लोकतान्त्रिक र शान्तिपूर्ण नेपाल मात्रै हो। मेरो सोचाईमा आजकाल नेपालको सबभन्दा महत्वपूर्ण बेला हो। यदि यो प्रकृया सफल भयो भने तपाईको (नेपालीहरूको) भविष्य धेरै राम्रो छ।’’ ‘शान्तिप्रकृया सम्भव’ माओवादी ज्यादति कम नभएको र उनीहरूको प्रतिवद्धता पालना नभएबाट शान्ति प्रकृयामा ठूलो समस्या उत्पन्न भएको बताउँदै राजदूत मोरियार्टीले मधेशी र जनजाति समुदाय आन्दोलित रहेकाले तिनलाई समेत समावेश गरेर अगाडि बढेमा मात्र शान्तिप्रकृया सम्भव हुने बताए। उनले भने, ‘’मलाई अलिकति डर लाग्यो कि अहिलेसम्म तपाईको शान्तिप्रकृयाको समस्या धेरै ठूलो छ किनकि एउटा दलले उसको प्रतिवद्धता पालना गरेको छैन।

त्यसबाहेक आजकाल मधेशी समस्या उठेको छ। अनि मधेशी बाहेक अरु जनजातिहरू पनि असन्तुष्ट छन्।’’ राजदूत मोरियार्टीले अमेरिका भौगोलिक रुपमा नेपाल भन्दा धेरै टाढा रहेकोले नेपालमा उसको रुची छिमेकी भारत र चीनको भन्दा निकै कम रहेको पनि बताए। कार्यकाल सिध्याउन लागेका राजदूत मोरियार्टी विरुद्ध माओवादी निकटस्थ र अन्य दल समर्थकहरूले कालो झण्डा सहित नाराबाजी गरेका थिए।

हाम्रा विराटनगर संवाददाताका अनुसार, होटेल बाहिर मोरियार्टी विरुद्ध नाराबाजी भैरहँदा उनि भने प्रदर्शनकारीहरूलाई नै अभिवादन गर्दै भित्र पसेका थिए।

Newspaper staffers padlock the office

Filed under: अन्य

20 April 2007 Kathmandu ,

Nepal Staff of Nepal One Television padlocked its Kathmandu office asking the management to fulfill their 15-point demand on 19 April.

According to the letter submitted by the staffers, they have demanded of appointment letter, insurance for all the staff, salary on time, provident fund, leave allowances and telephone bills among others.

Federation of Nepalese Journalists (FNJ), in its press release has condemned the Television channel for employing the journalists without the contract. The federation has also urged the management to told talks with its staffers and solve the problem immediately.

Journalists ill-treated

Filed under: अन्य

20 April 2007 Rolpa ,

Nepal Rameshwor Bohara, correspondent of Himal and Damodar Bhandari of Annapurna daily were ill treated by Maoists at Rolpa, mid-western district of Nepal, on 19 April.

A Maoist team along with Maoist commander of No. 5 division Sarad took the journalist duo under control and seized their camera. Bohara and Bhandari were interrupted while they were collecting news in an interaction program. They were freed after few hours. Federation of Nepalese Journalists (FNJ) criticized the incident.

The federation also urged the Maoist leadership and the government to investigate the incident and take action against the guilty.

Media house attacked

Filed under: अन्य

Two unidentified armed men attacked central office of Rajdhani daily at Chabihil, Kathmandu at the mid night of 19 April.

During the attack, two motobikes belonging to the staff of the daily was damaged. According to Rajdhani daily, when the staffers of the daily were going out of the main gate of the office at night, the attackers attacked them with tarbaar (a long and sharp weapon). The staff saved their life by running into the office.

Federation of Nepalese Journalists (FNJ) has urged the government to identify the attackers and punish them strictly. The federation also demands the compensation and security of media organization and media workers.

Get free blog up and running in minutes with Blogsome
Theme designed by Ian Main

free html counters