'शान्ति र प्रजातन्त्रका लागि पूर्ण प्रेस स्वतन्त्रता' Mnja

Home | Set as homepage |About us | Register | Mail Us | Log in

March 3, 2007

कार्यक्रममा आएको पत्रकार गायब

दक्षिण कोरियाको नव बर्षको उपलक्ष्यमा किरात राई परिवार द्धारा आयोजना गरिएको सुम्नीमा सांस्कृतिक सौगात कार्यक्रममा नेपालका ख्याती प्राप्त कलाकार १९७४ ब्याण्ड सहित आमन्त्रीत नेपाली शिखर मासिकका निर्देशक काशीराम खनाल गायब भएको आयोजक कमिटिका अध्यक्ष शम्भु राईले बताएको छ ।

आयोजक कमिटिका अध्यक्ष राईको भनाई अनुसार "फेबु्रअरी १८ तारिख हाम्रो कार्यक्रम थियो तर निर्देशक खनाल फेबु्रअरी १७ तारिख बेलुका नै आफनो ब्याग सहित गायब भएको थियो ।निर्देशक खनाललाई भगाउनमा योङृदोङृफो स्‍िथीत दोकान गर्ने एक ब्यापारीको हात रहेको शंका गरिएको छ । वहांको भिसा मार्च १ तारिख सम्म थियो हामीले वहांको ईज्जत हेरेर नेपाल फर्किने आशा गरेका थियौ तर सो हुन सकेन । दक्षिण कोरियामा रहेका संघ संस्था तथा अन्य नेपाली लगायत नेपालको चौथो अंग पत्रकारीता जगतको ईज्जत बचाउनको लागी पनि सम्बन्धीत निर्देशक खनाललाई प्रहरी र अध्यागमन विभागमा उजुरी गरी सके सम्‍म स्वदेश फर्काउनै प्रयास गर्ने " बताएको छ ।

सम्बन्धीत नेपाली शिखर मासिकका निर्देशक काशीराम खनाल नेपालको गुल्मी पिपलधारा वार्ड नं. ७ घर भएको थाहा भएको छ । यस्तो नैतिकहीन अवसरबादी ब्यवहारले नेपालको चौथो अंगको रुपमा मानिने पत्रकारीता जगतमा ठुलो घात हुन पुगेको छ भने नेपालीहरु प्रतिको विश्वास घटेको छ ।

दक्षिण कोरियामा अध्यागमन विभागका कर्मचारीका अनुसार "प्रतिबर्ष ७, ८, पल्ट नेपाली सांस्कृतिक कार्यक्रम हुने गर्छ । विभिन्न पार्टीका राजनितिज्ञ पत्रकारहरु आई रहन्छ अब हामीले कसलाई विश्वास गर्ने नेपालीहरुलाई अब कडा अनुसन्धान पश्चयात मात्र छोडेनु पर्ने भन्दा अर्को उपाय नभएको" बताउछ ।

स्मरणीय छ हाल सम्म दक्षिण कोरियामा नेपालका खेलाडीहरु सांस्कृतिक कार्यक्रम गर्नेहरु भागेको थियो तर पत्रकार भागेको यो पहिलो रेर्कड हो । यस सम्बन्धमा नेपाल सरकारले पनि ध्यान दिनु अति आवश्यक देखिएको छ ।

Comments »

The URI to TrackBack this entry is: http://mnja.blogsome.com/2007/03/03/p49/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Get free blog up and running in minutes with Blogsome
Theme designed by Ian Main

free html counters