ई.पि.एस.( Employment permit system ) नेपाललाई निश्िचत
डम्बर सुब्बा
दक्षिण कोरिया श्रम मन्त्रालयले २००७ विदेशी श्रमिक कार्य प्रणाली योजना आज सार्वजनिक गरेको छ । सो योजना अनुसार यस बर्षमा विदेशी श्रमिकहरु १ लाख ९ हजार झिकाउने भएको छ । त्यसको साथै अन्य ५ राष्टलाई पनि उक्त ई.पि.एस. (Employment permit system ) थप गरिएको छ । जसमा नेपाल बंगलादेश मियानमा किरकिस्तान र तोङतिमोरो रहेको छ ।
यस बर्षको योजना अनुसार ट्रेनिङ भिसा प्रणाली खारेज गरी सो को स्थानमा ई.पि.एस.प्रणाली मार्फत आयत गरिएको श्रमिकहरु द्धारा परिपूर्ति गरिने भनिएको छ । ई.पि.एस. को कोटामा ४९ हजार ६ सय अन्य राष्टलाई र ६० हजार गैर कोरियनवासीलाई दिने बताएको छ । यो भन्दा अधि १० राष्ट थिए भने हाल ५ राष्ट थपेर १५ राष्ट हुन पुगेको छ । कसलाई के कति कोटा दिने भन्ने बारेमा सम्बन्धीत राष्टको वायोडाटा , ईमान्दारीता, श्रमसहचारी संस्थाको आचरण, नियम कानून हेरेर पुन एग्रीमेन्ट गर्ने भनिएको छ ।
स्मरणीय छ कोरियामा ४ लाख विदेशी मजदूरहरु मध्ये ५० प्रतिशत मात्र वैधानिक रहेको छ । वैधानिक विदेशी मजदूरहरुलाई पनि मजदूर भन्ने अधिकार दिएको छैन । स्वतन्त्रबाट वन्चित गरिएको छ । जसले गर्दा कंम्पनीमा भेदभाव बढनुको साथै दासको झै व्यवहार गरी रहेको पाईन्छ भने अन्य अवैधानिक विदेशी मजदूर अमानविय धडपकड, मानव अधिकारको हनन् , मनपरीतन्त्रको कारण विभिन्न सामाजिक तथा मानवअधिकारवादी संघ संस्थाहरुले विरोध गरी रहेको छ ।
