'शान्ति र प्रजातन्त्रका लागि पूर्ण प्रेस स्वतन्त्रता' Mnja

Home | Set as homepage |About us | Register | Mail Us | Log in

February 21, 2007

गुल्‍मी सम्‍पर्क समितिको साधारण सभा सम्‍पन्‍न

Filed under: अन्य

उत्तम गुरुङ

दक्षिण कोरियाको राजधानी सिओल स्‍िथीत रहेको योङृदोङफो पार्कमा बिभिन्‍न पेशामा आबद्ध गुल्‍मीबासीहरुको गत १९ तारिख सोमबारको दिन बृहत भेला भएको थियो । उक्त भेलाले २००६ मा स्‍थापना गरिएको ‘गुल्‍मी सम्‍पर्क समिति ‘ लाई निरन्‍तरता र दिगो राख्‍नको लागी सम्‍पूर्ण गुल्‍मेली साथीहरुको भावना र मर्म अनुसार श्‍याम शेरचनको अध्‍यक्षतामा ११ सदस्‍यीय कार्यसमितिको पुर्न गरिएको छ ।

जस अनुसार अध्‍यक्षमा श्‍याम शेरचन , उपाध्‍यक्षमा बिष्‍णु प्रसाद भण्‍डारी, सचिवमा दिपक खड्‌का,सहसचिवमा दान ब.जि.सी. कोषाध्‍यक्षमा बिष्‍णु केसी र सदस्‍यहरूमा क्रमश शंकर राणा,प्रितम भण्‍डारी,भानु थापा ,बिरेन्‍द्र श्रेष्‍ठ,रामु भण्‍डारी र लोकनाथ भण्‍डारी गरी ११ जनाको कार्यसमिति सोही भेला द्घारा चयन गरीएको छ । त्‍यसै गरी सोही भेला द्धारा ७ सदस्‍य सल्‍लाहकार समिति समेत बनाएको छ। जसमा सल्‍लाहकारहरूमा क्रमश शिव ज्ञावाली,राम भण्‍डारी ( गोकुल ), बिष्‍णु थापा,गोकुल कुवंर,कृष्‍ण पाण्‍डे,मधु भट्‌टराई र केदार आचार्य रहनु भएको छ ।

नव गठित ‘गुल्‍मी सम्‍पर्क समिति ‘ ले दक्षिण कोरियामा रहेका अन्‍य विभिन्‍न संघ संस्‍याहरुसंग पारस्‍परीक सम्‍बन्‍ध कायम गर्दे दुख सुखमा सहयोग पुरयाउन कटटीबद्धता रही आफ्‍नो समितिको उद्देश्‍यलाई साकार तुल्‍याउन एक्‍यबद्धता रहने नव निर्वाचित अध्‍यक्ष श्‍याम शेरचनले बताउनु भयो ।

Comments »

The URI to TrackBack this entry is: http://mnja.blogsome.com/2007/02/21/p45/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

Get free blog up and running in minutes with Blogsome
Theme designed by Ian Main

free html counters