'शान्ति र प्रजातन्त्रका लागि पूर्ण प्रेस स्वतन्त्रता' Mnja

Home | Set as homepage |About us | Register | Mail Us | Log in

February 21, 2007

हेल्‍पीङ फर पाँचथरको साधारण सभा सम्‍पन्‍न

Filed under: अन्य

दक्षिण कोरियाको राजधानी सिओलको उलचिरो ४ गा स्‍िथीत रहेको प्रवासी मजदुर युनियन ( MTU )को केन्‍द्रीय कार्यलयमा गत फेब्रुअरी १७ तारिखको दिन सम्‍पूर्ण पाँचथरबासीहरु भेला भई सोही दिन साधारण सभा गरीएको थियो । सो भेला द्धारा २००५.०३ मा स्‍थापना गरीएको ‘ हेल्‍पीङ फर पाँचथर ‘लाई पाँचथरको विकास,जातीय तथा लोक साँस्‍कृतिक उत्‍थान एवम सहयोग गर्ने र कार्य समितिलाई निरन्‍तरता,दिगो रूप दिन पाँचथरबासीहरुको बृहत भेलाले भिम प्रसाद साम्‍बाहाम्‍फेको अध्‍यक्षतामा १३ सदस्‍यीय कार्य समितिको चयन गरीएको छ।

जस अनुसार अध्‍यक्षमा भिम प्रसाद साम्‍बाहाम्‍फे , उपाध्‍यक्षमा नाईन्‍द्र विक्रम योङहाङ,सचिवमा एन ब.कुरुङबाङ,सहसचिवमा गगा प्रसाद आङदेम्‍बे,कोषाध्‍यक्षमा नरेन्‍द्र प्रसाद चेम्‍जोङ, सह कोषाध्‍यक्षमा हर्क प्रसाद आङदेम्‍बे,राष्‍िट्रय संयोजक तेज ब.तुम्‍बाहाम्‍फे सह संयोजक कमानसिंह कुरुङबाङ,अन्‍तराष्‍िट्रय संयोजक याम ब.शेर्मा,अन्‍तराष्‍िट्रय सह संयोजक गंगा प्रसाद साम्‍बाहाम्‍फे र सदस्‍यहरुमा क्रमश : रविन आङदेम्‍बे,विनिता सेलिङ,माया आङदेम्‍बे र अमृत साम्‍बाहाम्‍फे रहेको छ ।

त्‍यसै गरी सल्‍लाहकारमा चन्‍द्र नेम्‍बाङ, बम प्रसाद लावती ,अमर लिङदेन,कुल प्रसाद खत्री, गणेश खड्‌का सर्वसह‍मतिमा पारित गरिएको छ । सोही दिन ‘हेल्‍पीङ फर पाँचथर’ तदर्थ समिति दक्षिण कोरियाका अध्‍यक्ष चन्‍द्र नेम्‍बाङको अध्‍यक्षतामा संस्‍थाको विधान पनि पारित गरिएको थियो । अतिथिहरुमा अशोक भटटराई ( प्रगतीशील मोर्चा ) र मान ध्‍वज लामा ( नेपाल प्रवासी संघ ) रहनु भएको थियो ।

गुल्‍मी सम्‍पर्क समितिको साधारण सभा सम्‍पन्‍न

Filed under: अन्य

उत्तम गुरुङ

दक्षिण कोरियाको राजधानी सिओल स्‍िथीत रहेको योङृदोङफो पार्कमा बिभिन्‍न पेशामा आबद्ध गुल्‍मीबासीहरुको गत १९ तारिख सोमबारको दिन बृहत भेला भएको थियो । उक्त भेलाले २००६ मा स्‍थापना गरिएको ‘गुल्‍मी सम्‍पर्क समिति ‘ लाई निरन्‍तरता र दिगो राख्‍नको लागी सम्‍पूर्ण गुल्‍मेली साथीहरुको भावना र मर्म अनुसार श्‍याम शेरचनको अध्‍यक्षतामा ११ सदस्‍यीय कार्यसमितिको पुर्न गरिएको छ ।

जस अनुसार अध्‍यक्षमा श्‍याम शेरचन , उपाध्‍यक्षमा बिष्‍णु प्रसाद भण्‍डारी, सचिवमा दिपक खड्‌का,सहसचिवमा दान ब.जि.सी. कोषाध्‍यक्षमा बिष्‍णु केसी र सदस्‍यहरूमा क्रमश शंकर राणा,प्रितम भण्‍डारी,भानु थापा ,बिरेन्‍द्र श्रेष्‍ठ,रामु भण्‍डारी र लोकनाथ भण्‍डारी गरी ११ जनाको कार्यसमिति सोही भेला द्घारा चयन गरीएको छ । त्‍यसै गरी सोही भेला द्धारा ७ सदस्‍य सल्‍लाहकार समिति समेत बनाएको छ। जसमा सल्‍लाहकारहरूमा क्रमश शिव ज्ञावाली,राम भण्‍डारी ( गोकुल ), बिष्‍णु थापा,गोकुल कुवंर,कृष्‍ण पाण्‍डे,मधु भट्‌टराई र केदार आचार्य रहनु भएको छ ।

नव गठित ‘गुल्‍मी सम्‍पर्क समिति ‘ ले दक्षिण कोरियामा रहेका अन्‍य विभिन्‍न संघ संस्‍याहरुसंग पारस्‍परीक सम्‍बन्‍ध कायम गर्दे दुख सुखमा सहयोग पुरयाउन कटटीबद्धता रही आफ्‍नो समितिको उद्देश्‍यलाई साकार तुल्‍याउन एक्‍यबद्धता रहने नव निर्वाचित अध्‍यक्ष श्‍याम शेरचनले बताउनु भयो ।

‘पत्रकारका लागि पाकिस्तान खतरा’

Filed under: अन्य

पत्रकारिताका लागि पाकिस्तान ‘खतरा मुलुक’ रहेको एक प्रतिवेदनले औंल्याएको छ । दक्षिण एसिया स्वतन्त्र पत्रकार संगठन -साफ्मा) ले मंगलबार र्सार्वजनिक गरेको प्रतिवेदनले सन् २००६ मा पाकिस्तान पत्रकारका लागि खतरनाक मुलुक रहेको औल्याएको हो ।

प्रतिवेदनका अनुसार पाकिस्तानमा गत वर्षचार पत्रकार मारिए । यो संख्या दक्षिण एसियाकै सबैभन्दा बढी हो । श्रीलंकामा दुइ पत्रकार र सञ्चारसम्बद्ध अन्य पा“च कमर् चारी मारिए । अफगानिस्तान र भारतमा दुइ/दुइ पत्रकार मारिए । अफगानिस्तानमा मारिने दुवै पत्रकार जर्मन नागरिक हुन् । नेपालमा एक पत्रकार मारिएका थिए । अध्ययन प्रतिवेदनमा दक्षिण एसियाली सहयोग संगठन -र्सार्क) मा आबद्ध भुटानबाहेक अन्य सात मुलुकलाई समेटिएको छ । प्रतिवेदनमा विगतका तुलनामा यो वर्षनेपाल दक्षिण एसियाकै पे्रस स्वतन्त्र मुलुक रहेको टिप्पणी गरिएको छ । कतिपय मुलुकमा प्रेस जगत् राज्य र गैरराज्य पक्षको सिकार भइरहेकोप्रति चिन्तासमेत व्यक्त गरिएको छ ।

‘नेपाली मिडियाले बितेको वर्ष -२००६) लाई सबैभन्दा राम्रो र नराम्रो वर्षा रूपमा अनुभव गर्‍यो,’ प्रतिवेदनमा भनिएको छ- ‘त्यहा“ प्रेस राजाको निरन्तर दमनबाट सुरु भएको थियो भने प्रजातन्त्रको विजयमा आएर टुंगियो ।’ राज्यद्वारा पत्रकारिता क्षेत्र माथि अत्यधिक दमनका बाबजुद पनि एक जनामात्र पत्रकार -स्वतन्त्र सप्तक सम्बद्ध) शंकर भारती मारिएको टिप्पणी गरिएको छ । ‘हत्याको कारण भने थाहा हुन सकेको छैन,’ प्रतिवेदनमा भनिएको छ ।

Get free blog up and running in minutes with Blogsome
Theme designed by Ian Main

free html counters