द.कोरियामा विश्व प्रवाशी दिवश भव्यताको साथ सम्पन्न
![]()
फोटो : उत्तम गुरुङृ
गत १७ तारिखको दिन द.कोरियाको राजधानी सउल, हेवादोङृको मारुनी पार्कमा विशाल र्याली,नारा र साँस्कृतिक प्रर्दशनी गरेर विश्व प्रवाशी दिवश भव्यताको साथ सम्पन्न भएको थियो । प्रवाशी मजदूर यूनियन [ MTU ] तथा मानव अधिकारवादी संघ संस्था द्धारा आयोजित उक्त कार्यक्रममा नेपाल,बंगलादेश,श्रीलंका,ईण्डोनेशिया,फिलिपिन्स आदी लगायत अन्य राष्ट्रका ३०० भन्दा प्रवाशी मजदूरहरूको सहभागी रहेको थियो । द.कोरियामा ज्यान गुमाएका विभिन्न राष्ट्रका ज्ञात तथा अज्ञात व्यक्तीहरूको नाममा १ मिनट मौनधारण गरेर कायर्क्रम शुरु गरिएको थियो ।
![]()
कार्यक्रम शुरु गर्न भन्दा केही समय अघि गत डिसेम्बर ११ तारिखको दिन प्रवाशी मजदूर यूनियन अवैधानिक भन्दै सो प्रवाशी मजदूर यूनियन क्योडङृगी मध्य शाखा अध्यक्ष मुहमद जामानलाई निशाना बनाएर पक्राउ गर्नु कानुन विपरित हो भन्दै विरोधका नाराको साथै तुरुन्त रिहाको माग गरेको थियो । उक्त कायर्क्रममा डेमोक्रेटिक लेबर पार्टीको सांसद तान ब्यङृ होले ’ अमानविय धरपकड तत्काल बन्द गर्ने माग गर्दे प्रवाशी मजदूरहरूको मानव अधिकार हनन् भई रहेको र १२~१६ घण्टा काम गरेर पनि आफुले मजदूर भन्ने अधिकार पाएको छैन । यसलाई कानुनी रुपमा व्यवस्थीत गर्नु पर्छ ’ भन्नु भयो ।
