'शान्ति र प्रजातन्त्रका लागि पूर्ण प्रेस स्वतन्त्रता' Mnja

Home | Set as homepage |About us | Register | Mail Us | Log in

December 17, 2006

नेपालमा आगामी दुईहप्ता भित्र सैनिक ’कू’ हुने दाबी

Filed under: अन्य

काठमाडौं । आफूलाई अन्तर्राष्ट्रिय गुप्तचरी छाया संगठन आरबीआईको पूर्वप्रमुख बताउने एक व्यक्तिले नेपालमा आगामी दुईहप्ता भित्र सैनिक ’कू’ हुने दाबी गरेका दैनिक समाचार खोजतलासले जनाएको छ ।

दैनिक समाचार खोजतलासको अनुसार आज प्रकाशित एक साप्ताहिक पत्रिकामा अन्तर्वार्ता दिँदै आरबीआईका पूर्वअध्यक्ष बताउने तुलप्रसाद शेरचनले पुस १५ भित्र नेपालमा राजाले वा सेनाले भारत र अमेरिकाको सहयोगमा ‘कू’ गर्ने दाबी गरेका हुन् । सात राजनीतिक दल र माओवादीबीच हालै सम्पन्न राजालाई अधिकारविहीन बनाउने सहमतिलाई समेत शेरचनले हौवाको संज्ञा दिँदै विगतमा भारत र अमेरिकालाई राजा ज्ञानेन्द्रले नटेरेकाले राजालाई आफ्नो शक्ति देखाउन सात दल र माओवादीमार्फत् अमेरिकाले तसा्रउन खोजेको उनको भनाइ छ । नेपालमा राजा रहिरहने निश्चित भएको बताउँदै नेपालमा राजा राख्नु भारत र अमेरिकाकै साझा कार्यक्रम रहेको समेत दाबी उनले गरेका छन् । शेरचनका अनुसार आगामी पुसको दोस्रो साताभित्र वा यसकै आसपास नेपालमा भारत र अमेरिकाकै सहयोगमा राजाले सैनिक ‘कू’ गर्नेछन् ।

आफूले सैंतीस वर्ष कोभर्ट अपरेटर छाया भएर विश्वका विभिन्न देशका लागि काम गरेको र आफ्नो समूहको उद्देश्य राष्ट्रहितमा रहेको उनले अन्तर्वार्ताका क्रममा बताएका छन् । उनको समूहमा काम गर्ने एकले अर्कालाई नचिन्ने छाया मात्र देख्ने गुरु कूल शैलीमा तालिम लिएर काम गर्ने उनको दाबी छ । नेपालमा रहेका सैनिक तथा प्रहरी गुप्तचर पूर्ण असफल भएको र आफूहरुकै कारण नेपाल राष्ट्र बचिरहेको उनको भनाइ छ । तुलप्रसाद शेरचनले र आई.एस.आई लगायत विभिन्न राष्ट्रका राष्ट्रविरोधी गुप्तचर संस्थाको आँखामा आफूहरु खतरामा रहेको र जुनसुकै बेला हत्या हुन सक्ने स्थिति रहेको उनले जानकारी दिएका छन् । आरबीआई के हो यसको कार्यक्षेत्र कहाँकहाँ हो यसमा कति व्यक्ति संलग्न छन्लगायत विषय शेरचनले गोप्य नै राखेका छन् ।

Get free blog up and running in minutes with Blogsome
Theme designed by Ian Main

free html counters