शरणार्थीको माग गर्दे विदेशी जेलमा भोग हडताल
गत १३ तारिख देखि १७ जना विदेशी नागरिकहरूले शरणार्थीको माग गर्दे क्यङृगीदोको हवास्ङृ विदेशी जेल भित्र भोग हडताल गर्दे आएको थाहा भएको छ । जेल भित्र भोग हडताल गर्नेहरूमा ईरान, पाकिस्तान, नाईजेरिया आदी मुस्लीम राष्ट्रका नागरिकहरू रहेको छ । यी विदेशी नागरिकहरू ‘आफ्नो राष्ट्र मुस्लीम भएको र कोरिया प्रवेश पश्चयात मुस्लीम धर्म त्यागी क्रिश्चयन धर्म मान्दै आएको हुनाले यदि स्वदेश फर्कनु परेमा मुस्लीम धर्म अनुसार धर्म परिवर्तन गर्नहरूलाई कडा कानूनी कारवाही मात्र नभएर ज्यानको समेत खतरा हुने ‘ बताउँछन । अध्यागमन विभागका कर्मचारीले ‘ सम्बन्धीत व्यक्तीहरू अवैधानिक हुनुको साथै धडपकडको क्रममा पक्राउ परेको हुना त्यस्ता व्यक्तीहरूलाई शरणार्थीको मान्यता दिनु कानूनको परिधि बाहिर रहेको ‘ बताउँछ ।
द.कोरियामा हाल सम्म शरणार्थीको सम्बन्धी व्यवस्थीत कुनै विधान पारित भएको छैन । जसले गर्दा दिन प्रति दिन शरणार्थी समस्या बढी रहेको छ । शरणार्थीहरु प्रति दूरव्यवहार, मानव अधिकारको हनन् र मनपरीतन्त्र भई रहेको छ । समयमा नै उचित कानूनी व्यवस्था हुन नसके यो समस्याले भविष्यमा विकराल रुप लिन सक्छ ।
