४० जना भन्दा बढी ईलिगल बिदेशी मजदुरहरूलाई धडपकड
गत ७ तारिखको दिन उईजङृबु सिटिको खासान स्िथीत रहेको जिन्सपेन्ट कम्पनीबाट अध्यागमनका कर्मचारीहरूले अमानवीय तवर द्धारा जताभावी तोडफोड गरेर ४० जना भन्दा बढी ईलिगल बिदेशी मजदुरहरूलाई धडपकड गरेको थाहा भएको छ । प्रत्यक्षदर्शीका अनुसार उक्त दिन दिउँसोको १२ बजे तिर खाना खाई रहेको बेलामा कम्पनी घेरा लगाएर धडपकड शुरू गरेको थियो । धडपकडको क्रममा भाग्नेहरूलाई पक्रिएको खण्डमा जोरले कुटपिट र कोठामा लुक्नेहरूलाई कोठाको ढोका तथा झ्याल फोडेर लछारपछार गर्दे हातकडी लगाएर बसमा हुलेको बताएको छ ।
सो दिन पक्राउ पर्नेहरूमा थाईलेण्डका ३० जना जति,नेपाली ६ जना र नाईजिरीयन २ जना रहेको बताएको छ । त्यस दिन ३ वटा बस ल्याएर आएता पनि के,कति ईलिगल बिदेशी मजदुर धडपकडमा परयो भन्ने ठोस यकिन हुन सकेको छैन । अवैधानिक तथा अमानवीय धडपकड बन्द गर भन्दै विभिन्न सामाजिक, मानवअधिकारवादी संघ संस्थाहरूले विरोध गरी रहेको छ । दक्षिण कोरिया सरकारले प्रवासी मजदुर सम्बन्धी उचित कानूनी व्यवस्थाको निर्धारण गर्नु पर्न आवश्कता देखिन्छ । प्रवासी मजदुरहरू प्रति भई रहेको मनपरीतन्त्र र मानवअधिकारको हनन्ले भविष्यमा कोरियाको सफलतामा ठूलो बाधा पुग्न सक्ने बुद्धिजीवीहरू बताउछ ।
