'शान्ति र प्रजातन्त्रका लागि पूर्ण प्रेस स्वतन्त्रता' Mnja

Home | Set as homepage |About us | Register | Mail Us | Log in

December 21, 2006

पत्रकार महासंघको साधारणसभा महेन्द्रनगरमा सुरु

Filed under: अन्य

                                              

नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा तथा आम सञ्चार स्वतन्त्रता राष्ट्रिय सम्मेलन आजदेखि महेन्द्रनगरमा सुरु भएको छ । साधारणसभाको सभामुख सुवास नेम्वाङले उद्घाटन गर्नुभयो । साधारणसभामा सहभागी हुनका लागि देशका विभिन्न ठाउँका करिब १ हजार पत्रकारहरु महेन्द्र नगरमा भेला भएका छन् । सम्मेलनमा स्थानीय कलाकारहरुले सुदुर पश्चिमको ऐतिहासिक देउडा, ससिया र होली नाच प्रदर्शन गरेका थिए । आजदेखि सुरु भएको महासंघको साधारणसभाले महासंघको अहिलेको विधान परिवर्तन गरी समावेशी बनाउने बताइएको छ । साधारणसभा पर्सीसम्म चल्नेछ ।

यसैबीच प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, नेकपा एमालेका महासचिव माधवकुमार नेपाल र नेपाली कांग्रेस प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवाले साधरणसभाको सफलताको कामना गर्नुभएको छ । वहाँहरुले वक्तव्यमार्फत यस्तो कामना व्यक्त गर्नुभएको हो । सन्देशमा निरंकुशतन्त्रको अन्त्य गर्न पत्रकारहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै त्यो भूमिकाको सम्मान गरिएको छ । उहाँहरुले संविधानसभाको चुनाव सफल बनाउन समेत पत्रकारहरुले उल्लेख्य भूमिकाको अपेक्षा गर्नुभएको छ ।

December 19, 2006

दक्षिण कोरियामा लिम्बू जातिको महान पर्व चासोक तङनाम सम्पन्न

Filed under: अन्य

                            

                              फोटो: पदम लिङदेन/दक्षिण कोरिया

भूपेन्द्र आचार्य                          
दक्षिण कोरिया 

दक्षिण कोरियामा लिम्बू जातिको महान पर्व चासोक तङनाम (न्वागी पूजा) आइतबार दक्षिण कोरियास्थित आन्याङ्ग प्रवासी गृहमा सम्पन्न भएको छ । किरात याक्थुङ्ग समिति दक्षिण कोरियाका सभापति नारद लिम्बूको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा किरात राई परिवारका अध्यक्ष शम्भु राई, नेपाली जनसम्पर्क समितिका अध्यक्ष रतन सुब्बा, नेपाली सम्पर्क समितिका अध्यक्ष बम प्रसाद लावती, माइग्रेन्ट ट्रेड युनियनका उपाध्यक्ष काजीमान खापुङले लिम्बूहरुको कला र संस्कृति जोगाई राख्न र विश्वसामू परिचय गराउन सबै लाग्नुपर्ने बताउनुभयो । कार्यक्रम किरात याक्थुङ्ग समिति दक्षिण कोरियाका सदस्य राजु आङदेम्बेले सञ्चालन गर्नु भएको थियो भने स्वागत मन्तव्य तेज याक्सो (लिम्बु)ले गर्नु भएको थियो । उक्त पर्वमा लिम्बू परम्परा अनुसार (मुन्धुम) मन्त्र पढी याम सेर्माले पूजा गर्नु भएको थियो । स्मरणीय छ, दक्षिण कोरियामा १९९१ मा नेपाली प्रवेश गरे पनि यो पर्व पहिलो पटक मनाइएको थियो । यो पर्वलाई सरकारी विदाको रुपमा मंसिर पूर्णिमाको दिन दिइने गरिएको छ ।

द.कोरियामा विश्‍व प्रवाशी दिवश भव्‍यताको साथ सम्‍पन्‍न

Filed under: अन्य

                

                                     फोटो : उत्तम गुरुङृ

गत १७ तारिखको दिन द.कोरियाको राजधानी सउल, हेवादोङृको मारुनी पार्कमा विशाल र्‍याली,नारा र साँस्‍कृतिक प्रर्दशनी गरेर विश्‍व प्रवाशी दिवश भव्‍यताको साथ सम्‍पन्‍न भएको थियो । प्रवाशी मजदूर यूनियन [ MTU ] तथा मानव अधिकारवादी संघ संस्‍था द्धारा आयोजित उक्त कार्यक्रममा नेपाल,बंगलादेश,श्रीलंका,ईण्‍डोनेशिया,फिलिपिन्‍स आदी लगायत अन्‍य राष्‍ट्रका ३०० भन्‍दा प्रवाशी मजदूरहरूको सहभागी रहेको थियो । द.कोरियामा ज्‍यान गुमाएका विभिन्‍न राष्‍ट्रका ज्ञात तथा अज्ञात व्‍यक्तीहरूको नाममा १ मिनट मौनधारण गरेर कायर्क्रम शुरु गरिएको थियो ।

 

                   

कार्यक्रम शुरु गर्न भन्‍दा केही समय अघि गत डिसेम्‍बर ११ तारिखको दिन प्रवाशी मजदूर यूनियन अवैधानिक भन्‍दै सो प्रवाशी मजदूर यूनियन क्‍योडङृगी मध्‍य शाखा अध्‍यक्ष मुहमद जामानलाई निशाना बनाएर पक्राउ गर्नु कानुन विपरित हो भन्‍दै विरोधका नाराको साथै तुरुन्‍त रिहाको माग गरेको थियो । उक्त कायर्क्रममा डेमोक्रेटिक लेबर पार्टीको सांसद तान ब्‍यङृ होले ’ अमानविय धरपकड तत्काल बन्द गर्ने माग गर्दे प्रवाशी मजदूरहरूको मानव अधिकार हनन्‌ भई रहेको र १२~१६ घण्‍टा काम गरेर पनि आफुले मजदूर भन्‍ने अधिकार पाएको छैन । यसलाई कानुनी रुपमा व्‍यवस्‍थीत गर्नु पर्छ ’ भन्‍नु भयो ।

December 17, 2006

नेपालमा आगामी दुईहप्ता भित्र सैनिक ’कू’ हुने दाबी

Filed under: अन्य

काठमाडौं । आफूलाई अन्तर्राष्ट्रिय गुप्तचरी छाया संगठन आरबीआईको पूर्वप्रमुख बताउने एक व्यक्तिले नेपालमा आगामी दुईहप्ता भित्र सैनिक ’कू’ हुने दाबी गरेका दैनिक समाचार खोजतलासले जनाएको छ ।

दैनिक समाचार खोजतलासको अनुसार आज प्रकाशित एक साप्ताहिक पत्रिकामा अन्तर्वार्ता दिँदै आरबीआईका पूर्वअध्यक्ष बताउने तुलप्रसाद शेरचनले पुस १५ भित्र नेपालमा राजाले वा सेनाले भारत र अमेरिकाको सहयोगमा ‘कू’ गर्ने दाबी गरेका हुन् । सात राजनीतिक दल र माओवादीबीच हालै सम्पन्न राजालाई अधिकारविहीन बनाउने सहमतिलाई समेत शेरचनले हौवाको संज्ञा दिँदै विगतमा भारत र अमेरिकालाई राजा ज्ञानेन्द्रले नटेरेकाले राजालाई आफ्नो शक्ति देखाउन सात दल र माओवादीमार्फत् अमेरिकाले तसा्रउन खोजेको उनको भनाइ छ । नेपालमा राजा रहिरहने निश्चित भएको बताउँदै नेपालमा राजा राख्नु भारत र अमेरिकाकै साझा कार्यक्रम रहेको समेत दाबी उनले गरेका छन् । शेरचनका अनुसार आगामी पुसको दोस्रो साताभित्र वा यसकै आसपास नेपालमा भारत र अमेरिकाकै सहयोगमा राजाले सैनिक ‘कू’ गर्नेछन् ।

आफूले सैंतीस वर्ष कोभर्ट अपरेटर छाया भएर विश्वका विभिन्न देशका लागि काम गरेको र आफ्नो समूहको उद्देश्य राष्ट्रहितमा रहेको उनले अन्तर्वार्ताका क्रममा बताएका छन् । उनको समूहमा काम गर्ने एकले अर्कालाई नचिन्ने छाया मात्र देख्ने गुरु कूल शैलीमा तालिम लिएर काम गर्ने उनको दाबी छ । नेपालमा रहेका सैनिक तथा प्रहरी गुप्तचर पूर्ण असफल भएको र आफूहरुकै कारण नेपाल राष्ट्र बचिरहेको उनको भनाइ छ । तुलप्रसाद शेरचनले र आई.एस.आई लगायत विभिन्न राष्ट्रका राष्ट्रविरोधी गुप्तचर संस्थाको आँखामा आफूहरु खतरामा रहेको र जुनसुकै बेला हत्या हुन सक्ने स्थिति रहेको उनले जानकारी दिएका छन् । आरबीआई के हो यसको कार्यक्षेत्र कहाँकहाँ हो यसमा कति व्यक्ति संलग्न छन्लगायत विषय शेरचनले गोप्य नै राखेका छन् ।

December 15, 2006

शरणार्थीको माग गर्दे विदेशी जेलमा भोग हडताल

Filed under: अन्य

गत १३ तारिख देखि १७ जना विदेशी नागरिकहरूले शरणार्थीको माग गर्दे क्‍यङृगीदोको हवास्‍ङृ विदेशी जेल भित्र भोग हडताल गर्दे आएको थाहा भएको छ । जेल भित्र भोग हडताल गर्नेहरूमा ईरान, पाकिस्‍तान, नाईजेरिया आदी मुस्‍लीम राष्‍ट्रका नागरिकहरू रहेको छ । यी विदेशी नागरिकहरू ‘आफ्‍नो राष्‍ट्र मुस्‍लीम भएको र कोरिया प्रवेश पश्‍चयात मुस्‍लीम धर्म त्‍यागी क्रिश्‍चयन धर्म मान्‍दै आएको हुनाले यदि स्‍वदेश फर्कनु परेमा मुस्‍लीम धर्म अनुसार धर्म परिवर्तन गर्नहरूलाई कडा कानूनी कारवाही मात्र नभएर ज्‍यानको समेत खतरा हुने ‘ बताउँछन । अध्‍यागमन विभागका कर्मचारीले ‘ सम्‍बन्‍धीत व्‍यक्तीहरू अवैधानिक हुनुको साथै धडपकडको क्रममा पक्राउ परेको हुना त्‍यस्‍ता व्‍यक्तीहरूलाई शरणार्थीको मान्‍यता दिनु कानूनको परिधि बाहिर रहेको ‘ बताउँछ ।

द.कोरियामा हाल सम्‍म शरणार्थीको सम्‍बन्‍धी व्‍यवस्‍थीत कुनै विधान पारित भएको छैन । जसले गर्दा दिन प्रति दिन शरणार्थी समस्‍या बढी रहेको छ । शरणार्थीहरु प्रति दूरव्‍यवहार, मानव अधिकारको हनन्‌ र मनपरीतन्‍त्र भई रहेको छ । समयमा नै उचित कानूनी व्‍यवस्‍था हुन नसके यो समस्‍याले भविष्‍यमा विकराल रुप लिन सक्‍छ ।

नेपालमा संयुक्त जनआन्दोलन पछिको न्यायपालिका

Filed under: अन्य

तेज याक्‍सो
वरिष्‍ट अधिवक्ता

नेपालमा राणा प्रधानमन्त्री तथा श्री ३ महाराज जंगबहादूर कुवंरको बेलायत भ्रमण पछि नेपालमा वि.सं.१९१० मा मुलुकी ऐन लागु भयो । वि.सं.१९१० को मुलुकी ऐनले नेपालको राजनीति शासन व्यवस्थाले सम्पूर्ण क्षेत्रमा पकड राखेको थियो । वि.सं. २००७ सालको आन्दोलनले ति पुराना थीति रितीहरुको आमुल परिवर्तन गरी नयां नेपाल निर्माण गर्न संविधान सभाको निर्वाचन गर्ने अभियान पुरा हुन सकेन र २०१५ सालमा आम निर्वाचन भयो । अत्याधिक मत प्राप्त गरेको राजनीतिक पार्टी नेपाली कांग्रेसले ७४ सीट प्राप्त गरी नेपाल सरकारको गठन गरयो । नेपाल अधिराज्यको संविधान २०१५ निर्माण गरयो । तत्कालिन राजा महेन्द्रले त्यो संविधान २०१६ सालमा खारेज गरी सरकारलाई हटाएर आफनो अध्‍यक्षतामा सरकार निर्माण गरयो । सम्पूर्ण राजनीतिक पार्टीहरुलाई राजनीतिक गर्न नपाउने प्रतिबन्ध लगायो । त्यसपछि राज्य साचालनको लागी संविधान २०१९ निर्माण गरी लागु गरियो । २०४६ सालमा भएको ऐतिहासिक जन आन्दोलनले आमूल परिवर्तन गरि नेपाल अधिराज्यको संविधान २०४७ लागु गरयो । वि.सं. २०६२ र २०६३ को  ऐतिहासिक संयुक्त जन आन्दोलनबाट नेपालमा लोकतान्त्रिक व्यवस्थाको नयां  स्थापना गरगो र संविधान निर्माण गर्न ७ राजनीतिक पार्टीको मार्ग चित्र ने.क.पा.माओवादी बीचको १२ बुंदे समझदारी अनुरुप नेपाली जनताले नयां संविधान निर्णग गरेर संविधानसभाको चुनाव गर्न हाल अन्तरिम संविधान मस्यौदा समिति गठन गरेको र सो समितिले मस्यौदा गरेको अन्तरिम संविधान विवादस्पद भएपछि विना निर्णय टुङृगिएको छ ।
विवादस्पद जड के हो ?
1. अन्तरिम संविधान मस्यौदा  समितिमा ने.क.पा.माओवादी समर्थक सदस्यहरु प्रतिवद्ध न्याय प्रणालीको पक्षमा थिए  ९ समय राष्टिय साप्ताहिक २६ असोज न्यायपालिका विगतमा राजनीतिक पूर्वाग्रह राख्ने  रिस फर्ने  खोभारी राय यादव सांसद पक्राउ  राजनीतिक पार्टीको चुनाव चिन्ह विवाद सांसद पुन स्र्थापना २०५२ साल भाद्र २५ लागू औषध मुद्धा रोविन्सन,अवैध भारतीय मुद्रा रुपैया ५०० दरका नोटको भ्रष्टचार एयरपोर्टमा पक्राउ परेको मुद्धा लेनदेन ज्यानमुद्धा आरिमा अदालतबाट भएको निर्णय र फैसलाहरुमा नेपाली जनताले चित्त बुझाउने ठाउं पाएका थिएनन् र बिस्तारै अदालतको मान मर्यादा घटि रहेको छ । लोकतान्त्रिक व्यवस्थामा कानूनी शासन सर्वोच्च हुनु पर्छ । निर्णय फैसला निरंकुश हुनु हुदैन ।
2. प्रतिनिधि सभाको घोषणा पत्र २०६३ को प्रसतावना शान्तिपूर्ण संयुक्त जनआन्दोलनमा ७ राजनीतिक दलको मार्ग चित्र र सातदल ने.क.पा.माओवादी बीचको १२ बुंदे समझदारी अनुरुप नेपाली जनताले संविधान सभा मार्फत नयां संविधान निर्माण गरि लोकतन्त्र राज्यको पुन संरचना सहित सभावेशी राज्य व्यवस्था र दिगो शान्ती गर्न दिएको जनादेशलाई पुरा गर्ने संकल्प गर्दे २०४६ सालको जनआन्दोलनका उपलब्धीहरुलाई गर्दे वर्तमान जनआन्दोलनका उपलब्धीहरुलाई संस्थागत गरी निरंकुश राजतन्त्रको अन्त्य र पूर्ण लोकतन्त्र स्थापनाको दिशामा अग्रसर हुने जिम्मेवारी ग्रहण गर्न अर्को संवैधानिक व्यवस्था नभए सम्म सम्पूर्ण अधिकारहरु प्रयोग गर्नका लागी यो प्रतिनिधि सभा सार्वभौम सत्ता सम्पन्न भएको घोषणा गर्दछ र राज्यशक्ति यहि प्रतिनिधि सभा मार्फत प्रयोग हुने भएकोले देहायको घोषणा गर्दछ :       
 क.  राज्यको सबै अंग र निकायले यसै प्रतिनिधि सभाबाट अधिकार पाएको संझी यसको प्रति निष्ठावान रहि सबैले आफनो अधिकार प्रयोग गर्नु पर्छ ।
ख.    तोकिएको पद धारण गर्ने पदाधिकारीहरुलाई प्रतिनिधि सभाबाट तोकिएको ढांचामा तोकिएको शपथ लिने छन  शपथ लिन ईन्कार गर्ने पदाधिकारी पद मुक्त हुने छन । प्रश्न के उठेको देखिन्छ भने अन्तरीम संविधान मस्यौदामा न्याय पालिकाबाट सम्पूर्ण संवैधानिक निकायमा नयां नियुक्ती गर्ने प्रावधानको माग राखेपछि न्याय पालिका तसे्रको हो । नयां नियुक्तीमा अन्तरीम मस्यौदा समितिमा जस्तै भागशान्ती भागवन्डा गर्ने  कोटामा  नियुक्ती भएमा के हुन्छ  पुननियुक्तीमा राजनीतिक शांठगांठ हुन सक्छ र शरण हुन सक्छ । प्रधानन्यायधिश लगायत सम्पूर्ण न्यायधिशहरुले यो घोषणा सभा बमोजिम पुन शपथ सदनमा लिनु पर्ने मान्यता सार्वजनिक गरेपछि न्याय पालिकालाई विधायिकाको सहायक अंग वा त्यो भन्दा मुनि राख्ने षडयन्त्र गरिएको अनुमान गरेर विवाद पार्न खोजिएको देखिन्छ ।  न्याय पालिकाको अस्तित्व बचाउनका लागी न्यायधिशहरु विभिन्न अभिव्यक्ति दिन भेला जम्मा हुने सार्वजनिक अन्र्तकि्रयामा सहभागी हुने गर्ने देखिन्छ । ऐतिहासिक संयुक्त जन आन्दोलनबाट वि.सं. २०६२ र २०६३ मा पूर्ण समावेशी  लोकतन्त्र सहभागी नेपाल बार एशोशियनुका अध्यक्ष अन्तरीम संविधान मस्यौदाका सदस्य शम्भू थापा  (अधिवक्ता)बाट पनि अन्तरीम संविधान मस्यौदा समितिको आवश्यक नभएको उल्लेख गर्नु भएको छ । नेपाल बार एशोशियनले पनि पुननियुक्ती स्वीकार गरेको छैन । पुनस्थापित संसद सदस्यहरुले न्यायधिशहरुलाई न्याय निर्णयको मुल्यांकनको आधारमा महाभियोग लग्उने कुरालाई कार्यन्वयन गर्ने हुंदा न्यायधिशहरु शशंकित हुन पुग्नु नै विधिको विडम्बना देखिन्छ । माघ १९ पछि प्रधानन्यायधिश हरि प्रसाद शर्मा द्धारा अष्टेलियाको प्रधान न्यायधिशहरुको सम्मेलनमा राजनीतिक दलहरुको असफलताको कारण परिवर्तन भएको भन्ने अभिव्यक्ति आएबाट राजनीतिक पार्टीहरुमा पनि शशंकित हुन अस्वाभाविक हैन नेपालमा यस्ता गतिविधिहरु सुनियोजित रुपमा उठाईएका हुन की घटनाक्रमहरुबाट उठने गर्छन  ?

द. कोरियामा नेपाली राजदूतावास खोल्न निश्चित

Filed under: अन्य

परराष्ट्र मन्त्रालयले द. कोरियामा तत्काल नेपाली दूतावास खोल्न मन्त्रिपरिषदमा प्रस्ताव पेश गर्ने भएको छ। करिव ६ हजार नेपाली रहेको द. कोरियामा नेपाली राजदूतावास राख्ने निश्चित भएको समाचार प्राप्त भएको छ।

सात दलको सरकारले गत भदौ १५ गते अष्ट्रेलिया र द कोरियामा नेपाली राजदूतावास स्थापना गर्ने निर्णय गरेपछि परराष्ट्र मन्त्रालयले सो निर्णयको तत्कालै कार्यान्वयन गर्न अर्थ मन्त्रालयमा बजेट निकासको लागि गत भदौ ३० गते पत्राचार गरेको थियो। अर्थ मन्त्रालयले २००६ नोभेम्बर १२ का दिन त आईतबार बजेट निकासा गरि दिएपछि अब कोरिया र अष्टे्रलियामा नेपाली राजदूतावास रहने निश्चित भएको छ।

समाचार स्रोतका अनुसार द. कोरियामा तत्कालको लागि कार्यवाहकसहित तीन कर्मचारी नियुक्त गरिने सहमति अर्थमन्त्रालयबाट आई सकेको छ भने पछि राजदूतस्तरमा स्तर निर्धारण गरिने समेत जनाइएको छ।

December 12, 2006

एन.आर.एन दक्षिण कोरियाको बृहत् भेला

Filed under: अन्य

                                             

गैर आवासीय नेपाली संघ दक्षिण कोरियाद्वारा कोरियाको राजधानी सिउलमा आयोजित विशाल भेलालाई सम्बोधन गर्दै एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद्का केन्द्रीय प्रतिनिधि रुद्र शर्माले आगामी ६ महिनाभित्र एनआरएन दक्षिण कोरियाको अधिवेशन बोलाई नयाँ कार्य समिति निर्माण गर्ने र यसको तयारीका लागि सदस्यता र्फम वितरण भइसकेको बताउनु भएको छ ।

सो अवसरमा शर्माले १ सय ८२ दिन विदेशमा बसोवास गरेका कुनै पनि नेपाली एनआरएनको सदस्य रहने बताउँदै कोरियामा रहेका सम्पूर्ण संघ/संस्थासँग भावनात्मक एकता गरी एनआरएन अगाडि बढ्ने बताउनुभयो । उक्त परिचयात्मक अन्तरक्रिया तथा एनआरएन दक्षिण कोरियाको भावी विषयक कार्यक्रममा बोल्दै नेपाल बौद्ध परिवार तथा नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष नरेन्द्र गुरुङले नेपाल बौद्ध परिवार एनआरएनसँग हातेमालो गर्दै अगाडि बढ्ने बताउँदै शान्तिका अग्रदूत गौतम बुद्धको जन्म भारतमा नभई नेपालमा भएको कुरा दक्षिण कोरियाका जनतालाई प्रष्ट पार्ने कार्य आफ्नो संस्थाले गरेको बताउनु भयो । उहाँले एनआरएन कोरियाले सम्पूर्ण नेपालीहरुबीच लोकप्रिय हुन चाँडो भन्दा चाँडो सदस्यता वितरण गरी आफ्ना गतिविधि सार्वजनिक गर्न आग्रह गर्नुभयो ।

एनआरएन दक्षिण कोरियाका उपाध्यक्ष ध्यान राईको स्वागत भाषणबाट सुरु भएको सो कार्यक्रममा बोल्दै नेपाली सम्पर्क समिति दक्षिण कोरियाका सभापति बमप्रसाद लावतीले एनआरएन कोरिया कोठाभित्र गठन भए पनि आफ्नो संस्था नेपाली सम्पर्क समिति पनि यस संस्थासँग हातेमालो गरी अगाडि बढ्न तयार रहेको बताउँदै एनआरएनले प्रवासी नेपलीको आँसुलाई पुछ्ने कार्य गर्न आग्रह गर्नु भयो । उहाँले नेपालीहरुको दुःखेको घाउमा एनआरएनले मलम दल्नुपर्ने र कोरियामा रहेका सम्पूर्ण ४५ वटा संस्थासंग एनआरएनले भावनात्मक एकता गरी अगाडि बढ्नुपर्ने चर्को आवश्यकता रहेको बताउनु भयो ।

एनआरएनका अर्का उपाध्यक्ष डा. देवी बहादुर बस्नेतले हालसम्मका एनआरएन कोरियाको गतिविधि र भावी कार्यक्रम बारे भिडियो रेकर्ड प्रस्तुत गर्दै एनआरएन के हो ? यसको स्थापना कसरी भयो र यसले के कस्ता कार्यक्रम सञ्चालन गर्दैछ भन्ने बारे जानकारी दिनु भएको सो कार्यक्रममा सन्सिकका अध्यक्ष प्रमोद श्रेष्ठले विद्यार्थीका गतिविधि र एनआरएनको भूमिका बारे प्रष्ट पार्दै एनआरएनले विद्यार्थीहरुलाई पनि समेटेर लैजानपर्नेमा जोड दिनुभयो । उहाँले उच्च शिक्षा हासिल गर्न प्रवासी भूमिमा आएका नेपाली विद्यार्थीहरुलाई एनआरएनले आफ्ना गतिविधिमा प्राथमिकताका साथ सहभागी गराउनु पर्ने बताउनु भयो ।

यसैगरी प्रवासी नेपाली पत्रकार संघका उपाध्यक्ष उत्तम गुरुङले एनआरएन कोरियाले सम्पूर्ण नेपालीहरुलाई एकताबद्ध गरी अगाडि बढेमा प्रवासी नेपाली पत्रकार संघ पनि हातेमालो गरी अगाडि बढ्न चाहेको बताउनुभयो । साथै एनआरएन कोरियाको स्थापना भएको ६ महिना बितिसक्दा पनि कुनै गतिविधि बाहिर नआउनुमा र सदस्यता समेत वितरण नहुनुले एनआरएन कोरिया खोज्दै हिड्नु पर्ने अवस्थामा आज यस्तो कार्यक्रम गरिएकोमा आफु खुशी भएको र आउँदा दिनहरुमा आफ्नो संस्था प्रवासी नेपाली पत्रकार संघले प्रवासी गतिविधिलाई निष्पक्ष र सत्यतथ्य समाचार प्रकाशित गर्दै जाने प्रष्ट पार्नुभयो ।

सो छलफल कार्यक्रममा बोल्दै माइग्रेन्ट ट्रेड युनियनका क्षेत्रीय उपाध्यक्ष कृष्ण आचार्यले एनआरएनले छ हजार नेपाली रहेको कोरियामा नेपालीहरुले भोगिराखेको समस्याको समाधानमा डटेर लाग्नु पर्ने बताउनु भयो । उहाँले विश्वमा ११ लाख नेपालीहरु प्रवासी कामदारको रुपमा रहेकाले एनआरएनले मजदुरलाई समेटेर अगाडि बढ्न सक्नु पर्ने बताउनु भयो । साथै एनआरएन दक्षिण कोरियाका अध्यक्ष के. पी. सिटौलाले एनआरएन कोरियाले छोटो समयमै यतिधेरै महत्वपूर्ण कार्य गरेको बताउँदै चाँडो भन्दा चाँडो साधारण सदस्यता वितरण गरी ५ महिनाभित्र साधारणसभा बोलाई नेतृत्व परिवर्तन गर्न आफू तयार रहेको बताउँदै एनआरएन कोरिया सम्पूर्ण संघ/संस्थासँग भावनात्मक सम्बन्ध कायम गरी अगाडि बढ्न तयार रहेको प्रष्ट पार्नु भयो । साथै उक्त कार्यक्रममा उपस्थित विभिन्न संघ/संस्थाका प्रतिनिधिहरुले एनआरएन कोरियाको गतिविधि, सदस्यता तथा विधानका बारेमा आआफ्नो विचारहरु ब्यक्त गरेका थिए ।

December 10, 2006

४० जना भन्‍दा बढी ईलिगल बिदेशी मजदुरहरूलाई धडपकड

Filed under: अन्य

गत ७ तारिखको दिन उईजङृबु सिटिको खासान स्‍िथीत रहेको जिन्‍सपेन्‍ट कम्‍पनीबाट अध्‍यागमनका कर्मचारीहरूले अमानवीय तवर द्धारा जताभावी तोडफोड गरेर ४० जना भन्‍दा बढी ईलिगल बिदेशी मजदुरहरूलाई धडपकड गरेको थाहा भएको छ । प्रत्‍यक्षदर्शीका अनुसार उक्त दिन दिउँसोको १२ बजे तिर खाना खाई रहेको बेलामा कम्‍पनी घेरा लगाएर धडपकड शुरू गरेको थियो । धडपकडको क्रममा भाग्‍नेहरूलाई पक्रिएको खण्‍डमा जोरले कुटपिट र कोठामा लुक्‍नेहरूलाई कोठाको ढोका तथा झ्‍याल फोडेर लछारपछार गर्दे हातकडी लगाएर बसमा हुलेको बताएको छ ।

 सो दिन पक्राउ पर्नेहरूमा थाईलेण्‍डका ३० जना जति,नेपाली ६ जना र नाईजिरीयन २ जना रहेको बताएको छ । त्‍यस दिन ३ वटा बस ल्‍याएर आएता पनि के,कति ईलिगल बिदेशी मजदुर धडपकडमा परयो भन्‍ने ठोस यकिन हुन सकेको छैन । अवैधानिक तथा अमानवीय धडपकड बन्‍द गर भन्‍दै विभिन्‍न सामाजिक, मानवअधिकारवादी संघ संस्‍थाहरूले विरोध गरी रहेको छ । दक्षिण कोरिया सरकारले प्रवासी मजदुर सम्‍बन्‍धी उचित कानूनी व्‍यवस्‍थाको निर्धारण गर्नु पर्न आवश्‍कता देखिन्‍छ । प्रवासी मजदुरहरू प्रति भई रहेको मनपरीतन्‍त्र र मानवअधिकारको हनन्‌ले भविष्‍यमा कोरियाको सफलतामा ठूलो बाधा पुग्‍न सक्‍ने बुद्धिजीवीहरू बताउछ ।

December 7, 2006

नेपाल पत्रकार महासंघलाई मानवअधिकार सम्मान

Filed under: अन्य

 नेपाल जापान डट् कम् सम्वाददाता

काठमाण्डौ डिसेम्बर, ६

नेपाल मानवअधिकार संगठनले यो वर्षको मानवअधिकार सम्मान, २०६३ नेपाल पत्रकार महासंघलाई दिने भएको छ । जनआन्दोलन २०६२/६३ मा महासंघले खेलेको गौरवशाली भूमिकाको उच्च मूल्यांकन गर्दै यस वर्षको सम्मान महासंघलाई दिन लागिएको संगठनले जनाएको छ । ५८ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर आगामी २४ गते राजधानीमा कार्यक्रम गरी महासंघलाई सम्मान गरिने संगठनले निकालेको विज्ञप्तिमा निकालेको छ ।

Get free blog up and running in minutes with Blogsome
Theme designed by Ian Main

free html counters