नेपाली संस्कृतीको परिचय कार्यक्रम सम्पन्न
![]()
दक्षिण कोरिया क्यङगिदोको योङृईन सिटिमा रहेको सि.एल.सि माईग्रेन्टस हयूमनराईटस सेन्टरमा ’ नेपानको दिन ’
नामक नेपाली संस्कृतीको परिचय दिने कार्यक्रम सम्पन्न भएको थियो । सो दिन योङृईन सिटिका कोरियन लगायत
पाकिस्तान, बंगलादेश, मंङगोल,थाईलेण्ड आदिका १०० सय जति मानिसहरु भेला भएका थिए ।
![]()
त्यस दिन नेपाली संस्कृती झल्कने फोटो प्रर्दशनीका साथै योङृईन सिटिमा रहेका नेपालीहरुले बिभिन्न किसिमका
स्वादिष्ट परिकारहरु बनाएका थिए। सुनिता खाँडले नेपाली नृत्य नाचेर देखाएका थिए । नेपालीहरुको खेल ’बागचल’
कसरी खेल्ने भन्ने बारे पनि सिकाईएको थियो।
![]()
‘योङृईन सिटिमा यो हाम्रो पहिलो पल्ट हो । नेपालीको संस्कृतीलाई कोरियन लगायत अन्य राष्ट्रको नागरिकहरु
लाई परिचय गर्ने पाउँदा धेरै खुशीको साथै गर्भ लागेको छ ’ आयोजक कमिटिका सदस्य सुरेन्द्र राई भन्छन ।
