'शान्ति र प्रजातन्त्रका लागि पूर्ण प्रेस स्वतन्त्रता' Mnja

Home | Set as homepage |About us | Register | Mail Us | Log in

November 27, 2006

पत्रकार संघ दक्षिण कोरियामा पूर्णता, शान्ति सम्झौता अक्षरशः कार्यान्वयन गर्न माग

Filed under: अन्य

उत्तम गुरुङ
दक्षिण कोरिया

नेपाली प्रवासी पत्रकार संघ दक्षिण कोरियाका सभापति डम्बर सुब्बाको सभापतित्वमा शनिबार कोरियाको राजधानी सिउलमा बसेको तेस्रो पूर्ण बैठकले कार्य समितिलाई पूर्णता दिंदै देशमा हालै सम्पन्न ऐतिहासिक शान्ति सम्झौताको अक्षरशः कार्यान्वयन गर्न माग गर्ने निर्णय गरेको छ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको बनेपामा महासंघका अध्यक्ष विष्णु निष्ठुरीको अध्यक्षतामा बसेको आठौं बैठकले नेपाली प्रवासी पत्रकार संघ दक्षिण कोरियालाई सम्पर्क समितिको मान्यतालाई अनुमोदन गरेकोमा बैठकले हार्दिक धन्यवाद दिंदै खुसियाली ब्यक्त गरेको छ । दक्षिण कोरियाको राजधानी सिउलस्थित हिमालयन रेष्टुरेण्टमा बसेको बैठकले नेपाली प्रवासी पत्रकार संघ दक्षिण कोरियालाई पूर्णतासमेत दिएको छ । उक्त बैठकले फोटो पत्रकार उत्तम गुरुङलाई संघको उपाध्यक्षमा निर्विरोध चयन गरेको छ भने अन्य दुई सदस्यमा राप्के लामा र पुरु जोशीलाई चयन गरेको छ ।

यसैगरी उक्त बैठकले सल्लाहकारहरुमा एनआरएन-आइसीसीका केन्द्रीय प्रतिनिधि रुद्र शर्मा, नेपाल बौद्ध परिवार तथा नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका उपाध्यक्ष नरेन्द्र गुरुङ र नेपाली सम्पर्क समिति दक्षिण कोरियाका सहसचिव सुरेश कुमार लिम्बूलाई चयन गरेको छ ।  यस्तै उक्त बैठकले केही दिन अगाडि सरकार र माओवादीबीच भएको ऐतिहासिक शान्ति सम्झौता अक्षरशः लागू गर्न आग्रह गरेको छ ।

उक्त बैठकपछि संघका सचिव भूपेन्द्र आचार्यद्वारा जारी विज्ञप्ति अनुसार शान्ति सम्झौतालाई सम्झौतामा मात्र सीमित नगरी कार्यान्वयन गर्ने तर्फ सबै तहबाट ध्यान केन्द्रित गरी आम नेपालीको वास्तविक स्थायी शान्तिको चाहना पूरा हुने त्यसतर्फ लाग्नुपर्छ भनिएको छ । साथै स्थायी शान्ति बहालीसँगै पूर्ण प्रेस स्वतन्त्रता, मानव अधिकार र जनताका अधिकारलाई स्थापित गर्ने, संविधानसभामार्फत लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने कार्यमा आगामी दिनमा पनि निरन्तर क्रियायाशील रहने प्रतिबद्धता बैठकमा पारित गरेको छ।

November 26, 2006

नेपाली संस्‍कृतीको परिचय कार्यक्रम सम्‍पन्‍न

Filed under: अन्य

                       

दक्षिण कोरिया क्‍यङगिदोको योङृईन सिटिमा रहेको सि.एल.सि माईग्रेन्‍टस हयूमनराईटस सेन्‍टरमा ’ नेपानको दिन ’
नामक नेपाली संस्‍कृतीको परिचय दिने कार्यक्रम सम्‍पन्‍न भएको थियो । सो दिन योङृईन सिटिका कोरियन लगायत
पाकिस्‍तान, बंगलादेश, मंङगोल,थाईलेण्‍ड आदिका १०० सय जति मानिसहरु भेला भएका थिए ।

                        

त्‍यस दिन नेपाली संस्‍कृती झल्‍कने फोटो प्रर्दशनीका साथै योङृईन सिटिमा रहेका नेपालीहरुले बिभिन्‍न किसिमका 
स्‍वादिष्‍ट परिकारहरु बनाएका थिए। सुनिता खाँडले नेपाली नृत्‍य नाचेर देखाएका थिए । नेपालीहरुको खेल ’बागचल’
कसरी खेल्‍ने भन्‍ने बारे पनि सिकाईएको थियो।

                         

‘योङृईन सिटिमा यो हाम्रो पहिलो पल्‍ट हो । नेपालीको संस्‍कृतीलाई कोरियन लगायत अन्‍य राष्‍ट्रको नागरिकहरु
लाई परिचय गर्ने पाउँदा धेरै खुशीको साथै गर्भ लागेको छ ’ आयोजक कमिटिका सदस्‍य सुरेन्‍द्र राई भन्‍छन ।

November 20, 2006

पत्रकार महासंघ गणतन्त्रका पक्षमा

Filed under: अन्य

कान्तिपुर संवाददाता

काठमाडौं, मंसिर ३ - नेपाल पत्रकार महासंघले मुलुकलाई लोकतान्त्रिक गणतन्त्रको दिशामा अग्रसर गराउन क्रियाशील रहने निर्णय गरेको छ ।

केन्द्रीय कार्यसमितिको आठौं बैठकले शनिबार प्रेस स्वतन्त्रताको पूर्ण प्रत्याभूति, नागरिक अधिकारको स्थापना एवं जनताको वास्तविक सर्वोच्चता स्थापनाका लागि उक्त निर्णय गरेको हो ।

‘जनआन्दोलनका क्रममा व्यक्त जनताको धारणालाई संस्थागत गर्न यो निर्णय गरेका हौं,’ महासंघका सभापति विष्णु निष्ठुरीले भने- ‘लोकतान्त्रिक गणतन्त्रका पक्षमा निर्णय गर्न दलहरूलाई यसले सन्देश दिनेछ ।’ यो निर्णयलाई अनुमोदनका लागि साधारणसभामा पेस गर्ने बैठकपछि आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । साधारण सभा पुस ६ र ७ गते महेन्द्रनगरमा गर्ने महासंघले निर्णय गरेको छ ।

बैठकले आठ राजनीतिक दलबीचको सहमतिको स्वागत गर्दै निर्धारित समयसीमाभित्र सबै काम सम्पन्न गर्न र ती प्रक्रियामा प्रेस स्वतन्त्रताका मुद्दालाई प्रमुखताका साथ सम्बोधन गर्न आह्वान गरेको छ ।

श्रमजीवी पत्रकारहरूको पुनःबहाली, तलब सुविधाको नियमित भुक्तानी, नियुक्ति र स्थायी प्रक्रियालगायत पेसागत सुरक्षामा सरकार र सञ्चार माध्यम व्यवस्थापनबाट यथेष्ट गम्भीरता प्रकट नभएकोमा बैठकले गम्भीर असन्तोष व्यक्त गरेको थियो । ‘श्रमजीवी पत्रकारको विषयसहित २६ बुँदे अवधारणामा महासंघ र सञ्चार मन्त्रालयबीच भएको सहमति मंसिर मसान्तभित्र पूरा गर्न बैठकले सरकारको ध्यानाकर्षण गरेको छ,’ महासचिव महेन्द्र बिष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सूचनाको हकसम्बन्धी कानुन, श्रमजीवी पत्रकारसम्बन्धी ऐन-नियम परिमार्जनसहित जारी गर्न, सन्तुलित विज्ञापन नीति एवं प्रेस स्वतन्त्रता र साना लगानी तथा स्थानीय सञ्चारमाध्यमलाई प्रवर्द्घन गर्ने अन्य कानुनी र व्यावहारिक व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ । अन्तरिम संविधानको मस्यौदामा प्रेस स्वतन्त्रता र सूचनाको हकसम्बन्धी व्यवस्था अपूर्ण रहेको उल्लेख गर्दै पत्रपत्रिकाको दर्ता खारेज नगरिने व्यवस्थासहित महासंघले प्रस्तुत गरेका सुझावबमोजिम सुधार गरी पूर्णता दिन आग्रह गरेको छ ।

महासंघको विधान संशोधन मस्यौदा समितिले पेस गरेको प्रस्ताव बैठकले अनुमोदन गरेको छ । यसलाई साधारणसभाले पास गरे समावेशी स्वरूपको संगठनको संरचना हुने महासंघले निर्णय गरेको छ । महासंघले १ सय २७ जनालाई नयाँ सदस्यता दियो ।

योसहित महासंघको सदस्य संख्या ५ हजार २ सय ८३ पुगेको छ । पर्वत र म्याग्दी शाखालाई स्वीकृति दिएको छ । डोल्पा, स्याङ्जा, बझाङ र म्याग्दीलाई तयारी शाखा एवं दक्षिण कोरिया र युरोपमा नयाँ सम्पर्क शाखाको रूपमा स्वीकृति दिएको छ ।

यसैबीच वरिष्ठ पत्रकार गोविन्द वियोगीलाई राष्ट्रले कदर गर्नुपर्ने र पहिलो वाषिर्क पुण्यतिथिका अवसरमा हुलाक टिकट प्रकाशन गर्न माग गरेको छ ।

हेलिकप्टर दुर्घटनामा परी निधन भएका नेपाल टेलिभिजनका पत्रकारहरू हेमराज भण्डारी र सुनिलकुमार सिंहप्रति शोक प्रस्ताव पारित गर्दै प्र्रत्येक परिवारलाई दस/दस हजार रुपैयाँ दिने निर्णयसमेत महासंघले गरेको छ । सञ्चारमाध्यमबाट निकालिएका रामप्रसाद दाहाल र प्रदीप घिमिरेको पुनःबहाली लागि सर्वोच्च अदालतले दिएको आदेशको पालना गर्न महासंघले माग गरेको छ ।

Posted on: 2006-11-19 23:13:30

November 19, 2006

पत्रकार संघ कोरियालाई आधिकारिक मान्यता प्राप्त

Filed under: अन्य

सोमबार, १३ नोवेम्बर ०६ । नेपाली प्रवासी पत्रकार संघ दक्षिण कोरियालाई १२ नोवेम्बर आईतबारबाट नेपाल पत्रकार महासंघले आफ्नो सम्पर्क समितिको आधिकारिक मान्यताको पत्र एक समारोहबिच प्रदान गरेको छ ।

नेपाली प्रवासी पत्रकार संघ र जनसम्पर्क समिति दक्षिण कोरियाले संयुक्त रुपमा बौद्ध परिवारको कार्यालय छाबे चिबमा भएको एक कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष हेमन्त काफ्लेले नेपाल प्रवासी पत्रकार संघ दक्षिण कोरियाका अध्यक्ष डम्बर सुब्बालाई आधिकारिकताको पत्र दिई बैधानिकता दिइएको छ । उक्त पत्रमा नेपाली प्रवासी पत्रकार संघलाई नेपाल पत्रकार सहासंघको सम्पर्क समिति कोरिया रहने उल्लेख गरिएको छ ।

नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यष हेमन्त काफ्लेले सो अवसरमा नेपाली सम्पर्क समिति दक्षिण कोरियाले प्रकाशित गर्दै आएको नेपाली सन्देश मासिकलाई नेपाल पत्रकार सहासंघका सभापति विष्णु निष्ठुरीको शुभकामना सन्देश पत्र नेपाली सन्देश मासिकका प्रधान सम्पादक तथा नेपाली प्रवासी पत्रकार संघका सचिव भूपेन्द्र आचार्यलाई सोही समारोहमा हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय कोषध्यक्ष हेमन्त काफ्लेले ६ हजार नेपाली रहेको दक्षिण कोरयामा राजदूतावास स्थापना गर्न र नेपालीहरुको संरक्षण गर्न दक्षिण कोरियाको नेपाली प्रवासी पत्रकार संघले सत्यतथ्य समाचार निडरका साथ संप्रेषण गर्न र यो पत्रकार संघ नेपाल पत्रकार महासंघको समपर्क समितिकारुपमा रहेको बताउनु भयो । उहाँले विकृति र विसंगतिका बिरुद्ध यो पत्रकार संघ अगाडि बढ्ने बताउँदै कोरियामा रहेका सम्पूर्ण पत्रकार साथीहरुले यस संघमा गोलबन्द हुन समेत आग्रह गर्नुभयो ।

स्मरण होस् दक्षिण कोरियामा ४५ वटा संघ संस्थाहरुको स्थापना भएपनि अहिलेसम्म नेपाली जनसम्पर्क समिति दक्षिण कोरियालाई नेपाली कांग्रेसको भातृ संस्थाको रुपमा मान्यता पाएको छ भने अर्को नेपाली प्रवासी पत्रकार संघ दक्षिण कोरियालाई नेपाल पत्रकार सहासंघले सम्पर्क समितिको मान्यता दिइएको छ ।

नेपाललाई इपीएस दिन कोरिया सरकार तयार, डिसेम्बरभित्रै तयारी पूरा गर्नुपर्ने

Filed under: अन्य
भूपेन्द्र आचार्य
दक्षिण कोरिया   नोभेम्बर, १७
 
                                      
  
दक्षिण कोरिया सरकारले जनवरी १, २००७ बाट नेपाललाई इपीएस (एम्लोइमेन्ट पर्मिट प्रणाली) दिने प्रायः निश्चित भएको छ । गत महिना नेपाल सरकारका मन्त्रिपरिषद्ले श्रम सचिव श्याम मैनालीको संयोजकत्वमा इपीएस तयारी समिति बनाएलगत्तै २००६ नोभेम्बर ६ दक्षिण कोरिया आउनु भएका श्रम सचिव मैनाली नोभेम्बर १४ देखि सात दिने भ्रमण पूरा गरी स्वदेश फर्कनु भएको छ ।

नेपालबाट इपीएस प्रणालीबाट कामदार लिए जे जस्तो अवस्था पूरा गर्न पानि तयार रहेको नेपाल सरकारले केही दिनभित्रै कोरियन सहायक मन्त्री किम स जोङलाई नेपाल आउन निमन्त्रणा दिने भएको छ । नेपाल सरकारका भौतिक योजना तथा निर्माणमन्त्री गोपालमान श्रेष्ठले २००७ नोभेम्बर १३ मा कोरियन श्रममन्त्री लि साङ सुलाई भेटी नेपाललाई श्रम स्रोत मुलुकमा लैजान आग्रह गर्नु भएको थियो ।

मुख्य रुपमा इपीएस मुद्दा लिएर कोरिया आउनु भएका श्रम सचिव श्याम मैनाली र कोरियन सहायक मन्त्री किम स जोङबीच १३ मा १ घण्टा कुराकानी भएको थियो । सो अवसरमा श्रम सचिव मैनालीले गत महिना नेपाल सरकारको मन्त्रिपरिषद्ले गरेको इपीएससम्बन्धी निर्णयको फाइल पेस गर्दै नेपाललाई यस पटक इपीएस प्रणालीमा थप्न आग्रह गर्नु भएको थियो । सो आग्रहको प्रतिउत्तरमा कोरियन सहायकमन्त्री किम स जोङले डिसेम्बरमा नेपालमा आफ्नो प्रतिनिधिमण्डल जाने यस भन्दा अगाडि नै नेपाल सरकारले सम्पूर्ण प्रक्रिया पूरा गरे नेपाल इपीएसमा पर्ने बताउनु भएको श्रम सचिव मैनालीले बताउनुभएको छ। श्रम सचिव मैनालीले सहायक मन्त्रीलाई भेट्नुअगाडि सत्तारुढ सांसदहरुलाई भेटी नेपाललाई इपीएसमा लैजान सहयोग गर्न आग्रह समेत गर्नु भएको थियो ।

नेपाल र्फकनुअगाडि श्रम सचिव मैनालीलाई के नेपालले यस पटक इपीएस पाउँदैछ त भनी गरेको प्रश्नमा उहाँले नेपाललाई इपीएस दिने ढोका मैले खुलाएको छु भन्नुभयो । कोरियन सहायकमन्त्रीको टोली नेपाल आएर सर्भे गरेपछि नेपालमै दुवै पक्षबीच हस्ताक्षर हुने सहायकमन्त्रीले मलाई बचन दिनु भएको छ उहाँको भनाइ थियो । सचिव मैनालीले सरकारले नै श्रमिक पठाउने सर्तमा स्वच्छ तरिकाबाट छिटो छरितो सस्तोमा पठाउने तयारी भए दिने बचन हामीले पाएका छौं भन्नुभयो ।

कोरियन सहायकमन्त्री किम स जोङ र श्रम सचिव मैनालीबीच भएको लामो वार्तामा नेपाल सरकारले कामदार पठाउँदा बढी रकम लिएको समयमा कामदार नपठाएको र पठाएका धेरै कामदार अवैधानिक भएर बसेको गुनासो राख्नु भएको थियो । के नेपालले इपीएस पाएमा यस्तो हुँदैन त ? भनी सोधिएको प्रश्नमा सचिव मैनालीले भन्नु भयो, नेपाल सरकारले कामदार पठाए यस्तो नहुने बचन मैले दिएको छु नेपाल सरकार त्यसको तयारीमा लाग्ने छ । उहाँले भन्नुभयो, हामीले डिसेम्बरको पहिलो हप्तामा तयारी पूरा गरेर इपीएस पाउने प्रायः निश्चित भएको छ । सचिव मैनालीले अब इपीएसका लागि ढोका खुला भएको बताउँदै बन्द गर्ने कि खुल्ला गर्ने भन्ने कुरा नेपाल सरकारको हातमा छ रहेको बताउनुभयो ।

Get free blog up and running in minutes with Blogsome
Theme designed by Ian Main

free html counters