मृतक देबीलाल पौडेलको दाहसंस्कार
गत अकटोबर १ तारिख आईतबार एक चाईनिज नागरिकबाट हत्या गरिएका मृतक देवीलाल पौडेलको २००६.१०.१० का दिन सङनाम स्थित मोरानको शव दाह घरमा अपरान्ह १२.३० बजे अन्तिम दाग बत्ति दिई दाहसंस्कार गरीएको छ ।
उक्त दाहसंस्कार नेपालमा रहेका परिवारको अनुमति बमोजिम प्रशाशनिक कागजात मिलाउने कार्य ने.स.स.को सक्रियतामा कोरियाका संघ संस्थाका लि वान र यु जि होले बिषेश सहयोग गरेको थियो । उक्त दाहसंस्कारमा २२ जना नेपालीहरुको उपस्िथती रहेको थियो । उपस्िथती नेपालीहरुले मृतकको चिर शान्ितको लागि एक मिनट मौन धारण गरीएको थियो ।
उक्त मृतकको क्षतिपूर्ति सम्बन्धमा बिदाको दिन भएकोले कंम्पनीको मालिकले दिन अस्िवकार गरेको तर मृतकको पार्थिव शरीर अस्पतालमा रहन्जेल सम्मको रकम भुक्तनी मात्र गरेको छ । अन्य सम्पूर्ण नेपाली दाज्यु, भाई बाट सहयोग संकलन गरी दाहसंस्कार गरीएको छ ।
अपराधी चाईनिज नागरिकलाई हत्या सम्बन्धमा अनुसन्धान भई रहेको बताएको छ।
