'शान्ति र प्रजातन्त्रका लागि पूर्ण प्रेस स्वतन्त्रता' Mnja

Home | Set as homepage |About us | Register | Mail Us | Log in

October 3, 2006

चिनीया नागरिक द्घारा एक नेपालीको हत्‍या

गत १ तारिख आईतबारको  दिन  उईजङबु, खासान स्‍िथीत छुङनाम टेकस्‍टाईल कम्‍पनीमा कार्यरत नेपाली

देबी पौडेल (५०) पोखरा निवासी लाई सोही कम्‍पनीमा काम गर्ने चाईनिजले बेलुकी अन्‍दाजी ६ बजे  छुरी प्रहार 

गरी हत्‍या गरेको थाहा भएको छ।  

सोही कम्‍पनीमा काम गर्ने नेपाली प्रत्‍यदर्शीका अनुसार ‘ त्‍यस दिन दिउँसो नेपालीहरूको चाड बिजयादशमी 
मनाई रहेको बेला हत्‍यारा चाईनिज रक्‍सीले मातेर त्‍यस स्‍थानमा आएर नेपालीहरूलाई गाली बेईज्‍ती गर्न
थालेपछि नेपाली र चाईनिज बिच भनाभन तथा साधारण हातपात भएको तर त्‍यस्‍तो विभत्‍समय हत्‍या गर्छ
भन्‍ने सयमा १ प्रतिशत नचिताएको ’ बताउँछन । 

विजयादशमीको उपलक्ष्‍यमा हामी पनी रमझम गरेर कम्‍पनीमा गयौ र अलिक मात लागेर मत सुत्‍न मात्र
लागेको थिए बाहिर आवाज आएर बाहिर निस्‍कीएको त भरयाङ मा त्‍यो चाईनिजले देबी दाईको ढाडमा छुरा 
प्रहार गर्दे रहेछ । मलाई देख्‍ने बितिकै त्‍यो चाईनिज भाग्‍यो । रगक्तामय भएर छटपटि  रहेको दाईलाई देखेर 
के गरु कसो गरु भयो हत्‍तपत्‍त मालिकलाई फोन गरे । मैले पनि साधारण पिएको थिए । मेरो त होसहवास 

नै उडयो । अन्दा‍जी आधा घण्‍टा पछि एउटा कोरियन आयो र अस्‍पताल लाने कार्य भयो तर दुरभाग्‍यवश दाईको 

मृत्‍यु भई सकेको रहेछ भनेर अर्को सँगै काम गर्ने नेपाली प्रत्‍यक्षदर्शी भन्‍दछ ।

एउटै कम्‍पनीमा काम गर्ने नेपालीहरुको भनाई मृतक देबी पौडेल कोरिया आएको १४ बर्ष जति भई सकेको
र त्‍यस कम्‍पनीमा काम गर्न थालेको ३ बर्ष जति पुगेको भन्‍दै रक्‍सी अलिक बढी सेवन गरेता पनि झै झगडा
त्‍यती नगरने व्‍यक्ति रहेको बताउछन ।

चाईनिज अभियुक्तलाई उईजङबु प्रहरी कार्यलयले गत २ तारिख आफनो मित्रकोमा लुकि रहेको थाहा
पाएपछि तुरुन्‍त पक्राउ गरेको बताएको छ । हाल अभियुक्तलाई हत्‍या सम्‍बन्‍धी अनुसन्‍धान भई रहेको
उईजङबु प्रहरी कायर्लयले जनाएको छ ।

नेपाल सरकारको कोरियामा कुनै आधिकारिक सरकारी विभाग नभएकोले मृतकको कानूनी व्‍यवस्‍था
 अनुरुप क्षतिपूर्ति र दाहसंस्‍कारमा अप्‍ठयारा तथा समस्‍या रहेको नेपाल सम्‍पर्क समितिका अध्‍यक्ष
बम लावती बताउदछ ।

दक्षिण कोरियामा रहेका नेपालीहरुले हाल सम्‍म नेपाली रगतको नाताले विभिन्‍न समस्‍यामा सहयोग
 गर्दे आई रहेता पनि प्राय नेपालीहरु अवैधानीक भएकोले सहयोग गर्न चाहेर पनि धडपकडको कारण सहयोग 
गर्न असमर्थ भएको बताउँदै नेपाल सरकारले प्रवासमा रहेको नेपाली जनताको हक हित र सुरक्षामा ध्‍यान दिन
नसकेको आक्रोश व्‍यक्त गर्दछ ।

Get free blog up and running in minutes with Blogsome
Theme designed by Ian Main

free html counters