'शान्ति र प्रजातन्त्रका लागि पूर्ण प्रेस स्वतन्त्रता' Mnja

Home | Set as homepage |About us | Register | Mail Us | Log in

September 29, 2006

सरकार, माओवादी शिखरवार्ता अक्‍टोबर ८ तारिख

शान्ति प्रकृया अगाडी बढाउन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीका अध्यक्ष प्रचण्डकाबीच प्रस्तावित दोस्रो औपचारीक शिखरवार्ता १० दिनपछि हुने भएको छ। कोइराला र प्रचण्डबीच बिहिबार भएको अनौपचारीक वार्तापछि उक्त सहमति भएको थियो। बिहिबार हुने भनिएको बहुप्रचारित औपचारिक वार्ता पर्याप्त गृह कार्यको अभावमा हुन नसकेपछि ति दुइ नेताहरूबीच अनौपचारीक कुराकानी भएको हो।वार्तामा ढिलाईका निम्ति सरकार र माओवादी दुवैले एकअर्कामाथि दोष लगाएपनि कोइराला र प्रचण्डबीचको अनौपचारिक वार्ताले वातावरणलाई विग्रनबाट रोकेको छ। ति दुइबीचको वार्ताको लगत्तै सरकारी र माओवादी वार्ताटोलीको बैठक भएको थियो।

बैठक सकिएपछि मुख्य सरकारी वार्ताकार कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री निवास बालुवाटारमा कोइराला र प्रचण्डबा बीचमा भेटवार्ता भएको जानकारी दिए । मुख्य माओवादी वार्ताकार कृष्णबहादुर महराले हतारमा गर्नु भन्दा छलफल गरेर गम्भिरतापूर्वक एउटा निष्कर्शमा पुग्न वार्तालाई पछाडी सारिएको बताए। काठमाण्डौंस्थित बीबीसी नेपाली सेवाका सम्वाददाता भन्छन्, सरकार र विद्रोहीहरूका शिर्षस्थ नेताहरूका शुरूका भनाई र सातदलको औपचारीक निर्णय दुवैमा शिखरवार्ताको तिथिका बारे प्रष्ट देखिएको अनिश्चय, विना कुनै कारण रहेनछ भन्ने प्रमाणित भएको छ।

हाम्रा सम्वाददाता भन्छन्, सेना र हातहतियार व्यवस्थापन, अन्तरिम सम्बिधान, अन्तरिम संसद, अन्तरिम सरकार एवम् राजतन्त्रको भविष्यका बारे दुवै पक्षका बीच मात्र होइन सत्ताधारी सात दलभित्रै पनि एकमत बन्न नसकेको पृष्ठभूमिमा शिखरवार्ता पर सर्नुलाई अस्वाभाविक ठानिएको छैन।
  

Get free blog up and running in minutes with Blogsome
Theme designed by Ian Main

free html counters