दक्षिण कोरियामा राजदूताबासको आवश्यकतालाई अर्थ सचिवको अस्वीकृत
गत ११ तारिखको दिन परराष्ट्रमन्त्रालयले दक्षिण कोरिया र अष्ट्रेलियामा तत्काल नेपाली दूताबास खोल्न
जरूरी रहेको भनी पठाएको प्रस्तावलाई अर्थ मन्त्रालयले अस्वीकृत गरेको थाहा भएको छ। उप प्रधानमन्त्री
एवम परराष्ट्रमन्त्री के.पी.शर्मा ओलीले अर्थको सहमतीको लागी पठाएको प्रस्तावमा अर्थ सचिव बिधाधर
मल्िलकले अन्य राष्ट्रमा भएको कुनै दूताबास बन्द अर्थात स्थानान्तरण गरे मात्र नयाँ खोल्न सक्ने जवाफ
दिएको जानकारी भएको छ ।
नेपाल सरकारले बेनिफिड , एड र रेमिटेन्स मात्र खोजेर नेपाली जनताको हक,हित,सुरक्षा गर्न सक्दैन भने
नेपाली जनतालाई दक्षिण कोरिया पठाउन तुरुन्त बन्द गर्नु पर्ने माग श्रम तथा यातायात व्यवस्था राज्य
मन्त्री रमेश लेखकलाई कोरियाको भ्रमणमा राखी सकेको छ ।
