प्रेस विज्ञप्ती
प्रेस विज्ञप्ती
लोकतान्त्रिक पद्धती, नागरिक अधिकार र प्रेस स्वतन्त्रताको हनन् गर्दै थाईलैण्ड राजाले लागु गरेको सैनिक "कु"को अन्तर्राष्ट्रिय ऐक्यबद्धताका लागी नेपाली पत्रकार समुह र प्रवासी नेपाली पत्रकार संघ द. कोरिया घोर भत्सर्ना गर्दछ । जननिर्वाचित सरकारलाई जबर्जस्ती अपदस्थ गरी जनताको सार्वभौमसत्ताको उल्लघन गर्दै लागु गरिएको "कु"ले जनताको आत्मसम्मान र स्वभिमानको अपमान भएको ठहर भएको छ । सैनिक "कु" गरेको लगत्तै सञ्चारको सबै माध्यमलाई नियन्त्रणमा लिएर प्रेस स्वतन्त्रता माथि आक्रमण गरी प्रेसलाई पुर्ण रुपमा बन्दी बनाएको र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिकलाई सु-सुचित हुनपाउने अधिकारको उल्लघन गरेको छ । सरकारलाई संचार क्षेत्रमा बल पुर्वक गरिएको सबै बन्देज तत्काल फिर्ता लिन आग्रह गर्दै (NJIS) र प्रवासी नेपाली पत्रकार संघ द. कोरिया थाईलैण्डका सम्पुर्ण संञ्चार माध्यम माथि गरेको बर्बरता र मन परीतन्त्रलाई मनन् गर्दै प्रेस माथिको दमनको विरुद्ध आवाज उठाउन स्वदेश तथा विदेशमा रहेको सम्पुर्ण नेपाली संञ्चारकर्मी तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधरसँग अपिल गर्दछौ ।
- डम्बर सुब्बा ,अध्यक्ष, प्रवासी नेपाली पत्रकार संघ, द. कोरिया
-
राजु पाठक प्रवासी, अध्यक्ष ,अन्तर्राष्ट्रिय ऐक्यद्धताका लागी नेपाली पत्रकार समुह
