'शान्ति र प्रजातन्त्रका लागि पूर्ण प्रेस स्वतन्त्रता' Mnja

Home | Set as homepage |About us | Register | Mail Us | Log in

September 19, 2006

नेपालको लोकतन्त्रको असर कोरियामा

आश्विन ३ गते,

नेपालमा आएको अनिश्‍चत लोकतन्त्रको घोषणाले द.कोरियामा रहेका नेपाली जनमानसमा ठूलो असर पारेको छ। आफ्नो हक,हित र उद्वेश्यलाई छाडेर लोकतान्त्रीक स्वतन्त्रको नाममा झिनो आशाका साथ पार्टिका नेताद्वयहरुको भ्रम्रणमा आफ्नो मुहारको प्रर्दशन गरेर दुईचार जनाको जमात बनाएर पार्टिको जन सम्पर्क समिति बनाइ च्याउ उर्माने कार्यहरु भई रहेको छ। कोरियामा बसेर जनआन्दोलनमा हाम्रो सहयोग भन्ने देखि लिएर विगतका राजनैतिक कार्यकर्ताको रुपमा मानिने केहि प्रवासी नेपाली नेताहरु कोरियामा १२ देखि १४ घण्‍टा काम गरी आफ्नो अधिकार खोज्न नसके पनि नेपालबाट आएका पार्टिनेताहरुलाई मुख देखाउन पछि परेका छैनन । नातावाद इष्टवादको सम्बन्ध कायम गरेर भए पनि जयजयकार गरि रहेका छन ।

भरखरै नेपालबाट तीन पार्टिका ९ शिर्षस्थ नेताहारु कोरिया भ्रमण आएका थिए । जसमा नेपाली कांग्रेस, नेपाली कांग्रेस प्रजतान्त्रीक र ने.क.पा.एमाले, । जुन पार्टिहरुको कोरियामा जनसम्पर्क समिति गठन भईसकेको छ । नेपाली कांग्रेसको जनसम्पर्क समिति संयोजक रतन सुब्बा,नेपाली कांग्रेस प्रजतान्त्रीकको डिकोन ट्रेड युनियन जनसम्पर्क समिति जसको अध्यक्ष नरेन्द्र गुरुङ ,ने.क.पा.एमालेको प्रवासी संघ जसको अध्यक्ष मानध्वज लामा हुनु हुन्छ । देश विदेशमा रहेको अनलाईन र समाचार पत्रको सम्वाददाता बनेर त्यस समाचार पत्रहरुलाई आफ्नो प्रसिद्व कमाउनको निम्ती प्रयोगमा ल्याई रहेकोछ । कोरियामा रहेका ७ हजार नेपाली जनमानसले मान्यता नदिए पनि ती केहि नेताद्वयहरु आफ्नै तालमा नाचिरहेका छन । दिन भरि पसिना बगाएर कमाएको पैसाले राजकुमार पारस र नेताहरुलाई कोरियाली उपहार पनि चढाई रहेका छन । आफ्नै पैसा लगानी गरेर अनर्तरक्रियाको फेशन पनि गरी रहेक छन । अनर्तरक्रियाको बिषय वस्तुलाई छाडेर आफ्नो नामको प्रचार प्रसार गरी रहेका छन । कोरियामा कस्ले के ग-यो ? त्यो व्यत्ति कुन पार्टिको हो भन्ने वाहियत कानेखुसी गरेर नेताहरुलाई रुझाई रहेका छन।

असारे झरिमा उम्रेको च्याउ झै नेताहरु आउदै पछि नयाँ नयाँ समितिको गठन गरि रहेका छन । त्यस नयाँ समिति गठनको सदस्य तालिकामा हेर्नेहो भने तीनै केहि व्यत्तिहरु हुन्छन जो हिजो अर्का पार्टिका सदस्यहरु हुन्‍छन l यसरी नेपाली राजनितिक चरित्र कोरिया भुमिमा स्पष्ट देखाई रहेको छ । नेपालमा पार्टि फुटी रहेको छ भने कोरियामा व्यत्ति फुटिरहेको छ । हाल कोरियामा लोकतन्त्रको दुरुपयोग सिदान्तको उपहास,स्वतन्त्रको विकृती,एक्यबद्वतामा विचित्रको विडम्बना आएको छ । हाल कोरियामा ५० वटा जति समिति संघ संस्थाहरुको स्थापना भई सकेको छ । ती मध्ये १०,१२,वटा मात्र स्थाई र व्यवस्थीत छन । अरु सबै नाम मात्रका समितिहरु छन । समिति प्रमुखको सम्पर्क नहुनुको साथै पत्रचार गर्ने ठेगाना पनि हुदैन । तर पनि ठूला ठूला कार्यक्रम गर्दा आफ्नो गोजीको पैसा लगानी गरेर भए पनि समितिको नाम जोगाई रहेको हुन्छ । कुनै कुनै समिति त कार्यक्रम गर्नैको लागी मात्र पनि स्थापित छन । सहयोग भन्दा पनि साँस्कृतीक व्यापार गरेर व्यात्तिगत स्वार्थ लिई रहेका छन । आफ्नो व्यत्तिगत स्थान र व्यत्तिगत स्वार्थले प्रवासी भुमिमा नेपाली एक्यबद्वताको नाम शुन्यमा हराउने र नेथ्यमा विलाउने छ। च्याउ उम्रन भन्दा अघिनै कसैले कुल्ची दिन सक्ने छ ?

राजतन्त्र राख्‍ने अमेरिकी मास्टर माईण्ड

आश्विन ३ गते,

अमेरीकाले सोभियत संघ टुक्राएको मास्टर माईण्ड नेपालको राजतन्त्र राख्‍ने बिषयमा चालु भई सकेको अन्तराष्ट्रिय चाइनिज समाचार पत्र खनसीआछयेआबाओले जनाएको छ। अमेरीकी सहायक गृहमन्त्री वाउचरले मे २,३ तारिखसम्मको भ्रमण क्रममा नेपालको उच्च स्तरीय राजनैतिक नेताहरु संगको भेटमा अमेरीकाले पुन आर्थिक सहयोग दिने वाचा गरेको पनि बताएको छ । सो समाचार पत्रको अनुसार हालै ने.क.प (माओबादी) र सरकार पक्षबाट पठाएको हातहतियार सम्बन्धी संयुत्त राष्ट संघलाई पठाएको पत्र अनुसार संयुत्त राष्ट संघको हातहतियार विषेशज्ञ नभई अमेरिकी सैनिक टोली हुन सक्ने सम्भावना अधिकतम रहेको बताएको छ ।

अमेरिकाले नेपाललाई प्रति बर्ष दिई रहेको आर्थिक सहयोग राजा ज्ञानेन्द्रले माघ १९ गतेमा गरेको निरंकुश शासनको घोषणा पश्‍चायात बन्द गरिएको थियो जन चेतनशील तथा लोकतन्त्रवादी नेपालीहरुको अगाडी राजा ज्ञानेन्द्रको निरंकुश शासनले कुनै स्थान लिन सकेन । फलस्वरुप वैसाख ११ गते राजा ज्ञानेन्द्रले आफ्नो पारिवारीक सुरक्षाको निम्ती सांसदको पुन स्थापनाको घोषणा गरयो । सांसदको पुस्थापना पछि जेष्ठ ४ गते प्रतिनिधि सभाको घोषणा पत्र गरिएको थियो । प्रतिनिधि सभाको घोषणा पत्र पश्‍चात अमेरिकी सरकारले पुन नेपाललाई प्रतिबर्ष आर्थिक सहयोग स्वरुप ४० करोड अमेरिकी डलर दिने योजना रहेको बताएको छ । अमेरिकाले आतंकवादीसंगको लडाईमा आँफुले गर्न सक्ने सहयोग गर्ने घोषणा गरेको थियो । माओवादीले हातहतियार नछोडेमा माओवादलाई पनि आतंकवादीको संज्ञामा गनिने घोषणा गरी सकेकोछ ।अमेरीकाको नजरमा हातहतियार उठाउने आतंकवादी हो भने कम्यूनिष्ट दुस्मन। नेपालको भुभागलाई हेर्ने हो भने ४० प्रतिशत कम्यूनिष्टहरुले आफ्नो कब्जामा लिई सकेको छ । जसले गर्दा अमेरिकाको आंखामा धुलो पस्न सक्छ ।

विश्‍वको जनसंख्यामा प्रथम चीन,चीनको एकदमै तिब्ररुपमा भई रहेको विकास । त्यस्तै गरेर विश्‍वको जनसंख्यामा दोस्रो भारत,भारत न्यूक्लीयर बम र कमप्युटर सोफ्टवोयरको धनी राष्ट आतंक विरुद्व नेपालमा आफ्नो सैनिक सम्पर्क स्थान राखेर प्राविधिक औजार द्वारा सम्पूर्ण एशिया तथा दुई देशको नजिकबाट निगरानी गर्ने मास्टर माईण्‍ड पनि चालु भई सकेको छ। प्रधानमन्त्री गिरिजा प्रसाद कोईरालाको हडडी नभएको जिब्रोले राजालाई राजनैतिक स्पेश दिनुपर्छ भन्ने, नेपाली कांग्रेसका महामन्त्री के बी गुरुङले राष्टाध्याक्ष हुनु पर्छ भन्ने बिषयलाई निवारण गर्दा यो अमेरिकी मास्टर माईण्डको एक नमुना पनि हुन सक्छ । राजावादी नेपाली कांग्रेसका संस्थापन पक्षका कृष्ण प्रसाद भटृराईसंगको पार्टि एकिकरण वार्ता, जनजाती, आदीवासी तथा राजधानीमा अज्ञात व्यत्ति द्वारा भई रहेको हडताल, अशान्ती, हिंसात्मक कार्यहरु पनि अमेरिकी मास्टर माईण्डका नमुना हुन सक्छ ?

Get free blog up and running in minutes with Blogsome
Theme designed by Ian Main

free html counters