'शान्ति र प्रजातन्त्रका लागि पूर्ण प्रेस स्वतन्त्रता' Mnja

Home | Set as homepage |About us | Register | Mail Us | Log in

September 29, 2006

सरकार, माओवादी शिखरवार्ता अक्‍टोबर ८ तारिख

शान्ति प्रकृया अगाडी बढाउन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीका अध्यक्ष प्रचण्डकाबीच प्रस्तावित दोस्रो औपचारीक शिखरवार्ता १० दिनपछि हुने भएको छ। कोइराला र प्रचण्डबीच बिहिबार भएको अनौपचारीक वार्तापछि उक्त सहमति भएको थियो। बिहिबार हुने भनिएको बहुप्रचारित औपचारिक वार्ता पर्याप्त गृह कार्यको अभावमा हुन नसकेपछि ति दुइ नेताहरूबीच अनौपचारीक कुराकानी भएको हो।वार्तामा ढिलाईका निम्ति सरकार र माओवादी दुवैले एकअर्कामाथि दोष लगाएपनि कोइराला र प्रचण्डबीचको अनौपचारिक वार्ताले वातावरणलाई विग्रनबाट रोकेको छ। ति दुइबीचको वार्ताको लगत्तै सरकारी र माओवादी वार्ताटोलीको बैठक भएको थियो।

बैठक सकिएपछि मुख्य सरकारी वार्ताकार कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री निवास बालुवाटारमा कोइराला र प्रचण्डबा बीचमा भेटवार्ता भएको जानकारी दिए । मुख्य माओवादी वार्ताकार कृष्णबहादुर महराले हतारमा गर्नु भन्दा छलफल गरेर गम्भिरतापूर्वक एउटा निष्कर्शमा पुग्न वार्तालाई पछाडी सारिएको बताए। काठमाण्डौंस्थित बीबीसी नेपाली सेवाका सम्वाददाता भन्छन्, सरकार र विद्रोहीहरूका शिर्षस्थ नेताहरूका शुरूका भनाई र सातदलको औपचारीक निर्णय दुवैमा शिखरवार्ताको तिथिका बारे प्रष्ट देखिएको अनिश्चय, विना कुनै कारण रहेनछ भन्ने प्रमाणित भएको छ।

हाम्रा सम्वाददाता भन्छन्, सेना र हातहतियार व्यवस्थापन, अन्तरिम सम्बिधान, अन्तरिम संसद, अन्तरिम सरकार एवम् राजतन्त्रको भविष्यका बारे दुवै पक्षका बीच मात्र होइन सत्ताधारी सात दलभित्रै पनि एकमत बन्न नसकेको पृष्ठभूमिमा शिखरवार्ता पर सर्नुलाई अस्वाभाविक ठानिएको छैन।
  

September 28, 2006

साउदीमा ३ नेपालीको शव अलपत्र

Filed under: अन्य

साउदी अरवमा मृत्यु भएका ३ जना नेपालीको १ महिना वितिसक्दा पनि शव आइपुगेको छैन । अरवमा हिन्दु परम्परा अनुसार दाह संस्कार गर्न नदिएपछि ती शव अहिले त्यहाँको अस्पताल मै छ । गत भदौ ८ गते ट्याक्सी दुर्घटनामा झापा लखनपुर-५ का राजकुमार राई, मोरङ्ग शनिश्चरेका रामबहादुर राई र म्याग्दीका हेम रानामगरको मृत्यु भएको थियो । उनीहरुको शव ल्याउन परराष्ट्र मन्त्रालयलाई पटक-पटक जानकारी गराए पनि कुनै पहल नगरेको राजकुमारका बाबु पृथ्वीपति राईले बताएका छन् । साउदीको हिया स्थित एक अस्पतालमा ती शव राखिएको बताउँदै राईले नेपाल ल्याउने व्यवस्था बनाई दिन सरकारसँग अनुरोध गरेका छन् । सबै प्रमाण भइसक्दा पनि सरकारले शव ल्याउन पहल नगरेपछि छोराका साथीलाई साउदीमै दाहसंस्कार गरिदिन आग्रह गरेपनि हिन्दु भएका कारण साउदीमा दाह संस्कार गर्न नदिएको उनले बताए ।

दक्षिण कोरियामा राजदूताबासको आवश्‍यकतालाई अर्थ सचिवको अस्‍वीकृत

Filed under: अन्य

गत ११ तारिखको दिन परराष्‍ट्रमन्‍त्रालयले दक्षिण कोरिया र अष्‍ट्रेलियामा तत्‍काल नेपाली दूताबास खोल्‍न
जरूरी रहेको भनी पठाएको प्रस्‍तावलाई अर्थ मन्‍त्रालयले अस्‍वीकृत गरेको थाहा भएको छ। उप प्रधानमन्‍त्री
एवम परराष्‍ट्रमन्‍त्री के.पी.शर्मा ओलीले अर्थको सहमतीको लागी पठाएको प्रस्‍तावमा अर्थ सचिव बिधाधर
मल्‍िलकले अन्‍य राष्‍ट्रमा भएको कुनै दूताबास बन्‍द अर्थात स्‍थानान्‍तरण गरे मात्र नयाँ खोल्‍न सक्‍ने जवाफ
दिएको जानकारी भएको छ ।
नेपाल सरकारले बेनिफिड , एड र रेमिटेन्‍स मात्र खोजेर नेपाली जनताको हक,हित,सुरक्षा गर्न सक्‍दैन भने
नेपाली जनतालाई दक्षिण कोरिया पठाउन तुरुन्‍त बन्‍द गर्नु पर्ने माग श्रम तथा यातायात व्‍यवस्‍था राज्‍य

 

मन्‍त्री रमेश लेखकलाई कोरियाको भ्रमणमा राखी सकेको छ । 

September 27, 2006

बिजयादशमी २०६३ को मंगलमय शुभकामाना

बिजयादशमी २०६३ को उपलक्ष्‍यमा देश तथा बिदेशमा रहनु भएका सम्‍पूर्ण दाजु भाई दिदी बहिनीहरू तथा प्रवासी नेपाली पत्रकार संघ(MNJA)का सम्‍पूर्ण मित्रहरूलाई हार्दिक मंगलमय शुभकामाना प्रकट गर्दछु ।

नरेन्‍द्र गुरूङ्‌

September 26, 2006

हेलिकोप्‍टर दुर्रघटना सम्‍बन्‍धी जाँच बुझ समिति गठन

संस्‍कृति पर्यटन तथा नागरिक उडडायन मन्‍त्रालयले गत २३ तारिकको दिन ताप्‍लेजुङमा भएको बिभत्‍समय हेलिकोप्‍टर दुर्रघटनाको अनुसन्‍धान तथा छानबिनको लागी ७ सदस्‍यीय जाँचबुझ समिति गठन गरेको बताएको छ । मन्‍त्रलायका अनुसार सो समिति पाटन पुनारावेदन अदालत न्‍यायधिश केशरीराज पण्डितको अध्‍यक्षतामा सहमहान्‍यायधिवक्ता पुष्‍पराज कोईराला, नेपाली सेना ११ बहिनीका महासेनानी प्रमोद कुमार लामा , सहायकरथी खगेन्‍द्र बहादुर श्रेष्‍ठ, जलवायु तथा मौसम बिज्ञान बिभागका उपमहानिर्देशक बिजय कुमार बैध ,पर्यटन मन्‍त्रालयका सहसचिव यज्ञ प्रसाद गौतम र सिम्रिक एयरका संजीव श्रेष्‍ठ हुनु हुन्‍छ ।

सो समितिलाई मन्‍त्रालयले १५ दिन भित्र प्रारम्‍िभक प्रतिबेदन र ४५ दिन भित्र अन्तिम प्रतिबेदन बुझाउने आदेश दिएको बताएको छ ।

September 25, 2006

हराएको हेलिकोप्‍टरका सम्‍पूर्ण यात्रुको निधन भएको पुष्‍टी

ताप्लेजुङमा शनिबारदेखि हराइरहेको हेलिकप्टरमा वन तथा भू-संरक्षण राज्यमन्त्री गोपाल राईसहित अन्य २४ जना स्वदेशी तथा विदेशी विशिष्ट व्यक्तिहरुको मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ l हेलिकप्टरका यात्रुहरुमध्ये एउटा शव मात्र चिनिने अवस्थामा रहेको र अरु शव यत्रतत्र छरिएको अवस्थामा पाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उद्धार समन्वय समितिले  जनाएको छ l  ताप्लेजुङको धुन्साबाट ५ मिनेटकै दुरीमा रहेको एउटा पहाडमा ठोक्कीएर उक्त हेलिकप्टर दुर्घटना भएको थियो । घटनास्थल वरिपरी लासहरु यत्रतत्र छरिएर रहेको उद्वार कार्यमा संलग्न उद्धारकर्ताहरुले जनाएका छन् ।

हेलिकोप्टर दुर्घटनामा परी वन तथा भू-संरक्षण राज्यमन्त्री गोपाल राई, उहाँकी पत्नी मीना राई, वन तथा भू-संरक्षण मन्त्रालयका कामु सचिव डा. दामोदर पराजुली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक नारायण पौडेल, वन विभागका महानिर्देशक शरद राई, नेपालका लागि फिनल्याण्डका कार्यबाहक राजदूत पाउली मस्टोनेन, युएसएडका उपनिर्देशक मार्गरेट अलेक्जेन्डर र कार्यक्रम विकास विशेषज्ञ डा. विज्ञान आचार्य, डब्लुडब्लुएफ युकेका संरक्षण निर्देशक डा. जिल बाउलिङ्ग र संयोजक जेनिफर हेड्ली, डब्लुडब्लुएफ युएसएको इएचइसीका प्रबन्ध निर्देशक मिङ्मा नोर्बु शेर्पा र कार्यक्रम अधिकृत म्याथ्यु पि्रस, डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा. चन्द्र गुरुङ, सल्लाहकार डा. हर्क गुरुङ, एएसआरएसजीका उपसभापति डा. तीर्थमान मास्के, डब्लुडब्लुएफ नेपालका यसी लामा, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य विजय श्रेष्ठ, नेपाल टिभीका हेमराज भण्डारी र सुनील सिंह, केसीएएमसीका अध्यक्ष दावा छिरिङ्ग र चालक दलका क्याप्टेन मिङ्मा शेर्पा, तन्डु श्रेष्ठ र रुसी नागरिक एस. भ्याल्लेरी र के. किमको मृत्यु भएको छ।
अहिले पानी परिरहेको र मौसम खराब भएका कारण शवलाई ताप्लेजुङतर्फ ल्याउन नसकिएको पनि कार्यालयले जनाएको छ ।

प्रवासी नेपाली पत्रकार संघ दक्षिण कोरिया बिशिष्‍ट स्व‍देश तथा बिदेशी ब्‍यक्तिहरुको निधनमा शोकसन्‍तप्‍त परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्माहरुको चिरशान्तिका लागि हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।

September 23, 2006

खोक्रो पुजा

Filed under: कविता

कुन वरदान माग्छौ ?
  पत्थरलाई फुल चढाएर,
खै के माग्छौ ?
  निर्दोष आत्माको बलि चढाएर,
पाउछौ र केही ?
  दुनियालाई नाङ्गो बनाएर
केवल पाउँछौ अब,
  आफ्नै मुर्खताका उपहार ।।।

जे दिनु थियो तिमीलें ,
  ईष्याका विषहरु बाँडी दियौ
तिमीलें कुकर्म गरी दियौ ,
  सेलाएका देहहरु माथि ,
तिमी मन्दिर पवित्र छ भन्दैछौ,
  तर त्यो मन्दिरमा पुजा गर्न किन सक्दैनौ ?
अर्पण र दर्पण गरी,
  पुज्नै सक्दैनौ आत्माको पुजा,
त्यसैले त ति निश्प्राण पिण्डहरुलें ,
  कति सराप्ने छन , त्यसरी सराप्ने छन ।।।

(बम लावती )

प्रेस विज्ञप्‍ती

प्रेस विज्ञप्‍ती

लोकतान्त्रिक पद्धती, नागरिक अधिकार र प्रेस स्वतन्त्रताको हनन् गर्दै थाईलैण्ड राजाले लागु गरेको सैनिक "कु"को अन्तर्राष्ट्रिय ऐक्यबद्धताका लागी नेपाली पत्रकार समुह र प्रवासी नेपाली पत्रकार संघ द. कोरिया घोर भत्सर्ना गर्दछ । जननिर्वाचित सरकारलाई जबर्जस्ती अपदस्थ गरी जनताको सार्वभौमसत्ताको उल्लघन गर्दै लागु गरिएको "कु"ले जनताको आत्मसम्मान र स्वभिमानको अपमान भएको ठहर भएको छ । सैनिक "कु" गरेको लगत्तै सञ्चारको सबै माध्यमलाई नियन्त्रणमा लिएर प्रेस स्वतन्त्रता माथि आक्रमण गरी प्रेसलाई पुर्ण रुपमा बन्दी बनाएको र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिकलाई सु-सुचित हुनपाउने अधिकारको उल्लघन गरेको छ । सरकारलाई संचार क्षेत्रमा बल पुर्वक गरिएको सबै बन्देज तत्काल फिर्ता लिन आग्रह गर्दै (NJIS) र प्रवासी नेपाली पत्रकार संघ द. कोरिया थाईलैण्डका सम्पुर्ण संञ्चार माध्यम माथि गरेको बर्बरता र मन परीतन्त्रलाई मनन् गर्दै प्रेस माथिको दमनको विरुद्ध आवाज उठाउन स्वदेश तथा विदेशमा रहेको सम्पुर्ण नेपाली संञ्चारकर्मी तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधरसँग अपिल गर्दछौ ।

  1. डम्बर सुब्बा ,अध्यक्ष, प्रवासी नेपाली पत्रकार संघ, द. कोरिया
  2. राजु पाठक प्रवासी, अध्यक्ष ,अन्तर्राष्ट्रिय ऐक्यद्धताका लागी नेपाली पत्रकार समुह

September 21, 2006

थाइलेण्‍डमा सैनिक बिद्रोह

गत १९ तारिख,

 थाईलेण्डको राजधानी बैङककमा सैनिक विद्रोह भई रहेको बेला प्रधानमन्त्री थाक्सिन सिनावात्री अमेरिकामा भएको संयुत्त राष्ट संघको महासभामा सहाभागी हुनु भएको थियो । प्रधानमन्त्री सिनावात्रीले अमेरिकाबाट टि.भी च्यानल ९ बाट नै देशको संकटकालीन अवस्‍थाको घोषणा गरी अवैधानिक सैनिक परिचालनको रोक गर्ने आदेश दिएको थियो । थाईलेण्ड सैनिकले १९ तारिख वेलुकी १० बजेर ३० मिनटमा टि.भी. च्यानल ५ बाट सैनिकले सम्पूर्ण सरकारी मन्त्रालय तथा समाचार माध्यमलाई कब्जामा लिएर वर्तमान संविधानको खारेज गरी जंगी शासनको घोषणा गर्नु अघि नै दैनिक प्रसारण हुने कार्यक्रम बन्द गरेर राजा फुमिफोन आदुनयादेशको जयजयकारमय कार्यक्रम गर्नको साथै विद्रोही सैनिक कमाण्डर सोन्थी बुनयारातग्लिनले राजा फुमिफोन आदुनयादेशलाई पनि भेटेको थाहा भएको छ । तर यस सम्बन्धमा राजदरवारले कुनै प्रति उत्तर दिएको छैन । प्रत्यक्षर्दशीका अनुसार सो दिन राजधानी बैंककमा १० वटा जति टयाङकर परिचालन गरेर प्रधानमन्त्री कार्यलय ,सरकारी मन्त्रालयहरु लगायत संचारमाध्यमलाई कब्जामा लिई आउने जाने महत्वपूर्ण राजमार्ग नै बन्द गरिदिएको थियो । त्यस दिन सैनिक बिद्रोहमा कुनै रत्तपात भएको थिएन ।

प्रधानमन्त्री थाक्सिन सिनावात्री र वहाँका परिवार माथि गत जनवारीमा २ अर्ब अमेरिकी डलर बराबरको हरहिसाब भ्रष्टचार भएको सांसदमा मुद्वा उठे पश्‍चात फेब्रुअरीमा सांसदको विघटन गरि अप्रिल २ मा चुनावमा निर्वाचित हुनु भएको थियो । तर सो चुनावलाई सर्वोच्च अदालतले अस्वीकार गरेर निर्वाचन आयोगलाई पुन निर्वाचन गर्ने आदेश दिएको थियो । स्मरणीय छ थाईलेण्डमा १९३२ देखि हाल सम्म १९ पल्ट सैनिक विद्रोह भई सकेको छ ।

September 19, 2006

नेपालको लोकतन्त्रको असर कोरियामा

आश्विन ३ गते,

नेपालमा आएको अनिश्‍चत लोकतन्त्रको घोषणाले द.कोरियामा रहेका नेपाली जनमानसमा ठूलो असर पारेको छ। आफ्नो हक,हित र उद्वेश्यलाई छाडेर लोकतान्त्रीक स्वतन्त्रको नाममा झिनो आशाका साथ पार्टिका नेताद्वयहरुको भ्रम्रणमा आफ्नो मुहारको प्रर्दशन गरेर दुईचार जनाको जमात बनाएर पार्टिको जन सम्पर्क समिति बनाइ च्याउ उर्माने कार्यहरु भई रहेको छ। कोरियामा बसेर जनआन्दोलनमा हाम्रो सहयोग भन्ने देखि लिएर विगतका राजनैतिक कार्यकर्ताको रुपमा मानिने केहि प्रवासी नेपाली नेताहरु कोरियामा १२ देखि १४ घण्‍टा काम गरी आफ्नो अधिकार खोज्न नसके पनि नेपालबाट आएका पार्टिनेताहरुलाई मुख देखाउन पछि परेका छैनन । नातावाद इष्टवादको सम्बन्ध कायम गरेर भए पनि जयजयकार गरि रहेका छन ।

भरखरै नेपालबाट तीन पार्टिका ९ शिर्षस्थ नेताहारु कोरिया भ्रमण आएका थिए । जसमा नेपाली कांग्रेस, नेपाली कांग्रेस प्रजतान्त्रीक र ने.क.पा.एमाले, । जुन पार्टिहरुको कोरियामा जनसम्पर्क समिति गठन भईसकेको छ । नेपाली कांग्रेसको जनसम्पर्क समिति संयोजक रतन सुब्बा,नेपाली कांग्रेस प्रजतान्त्रीकको डिकोन ट्रेड युनियन जनसम्पर्क समिति जसको अध्यक्ष नरेन्द्र गुरुङ ,ने.क.पा.एमालेको प्रवासी संघ जसको अध्यक्ष मानध्वज लामा हुनु हुन्छ । देश विदेशमा रहेको अनलाईन र समाचार पत्रको सम्वाददाता बनेर त्यस समाचार पत्रहरुलाई आफ्नो प्रसिद्व कमाउनको निम्ती प्रयोगमा ल्याई रहेकोछ । कोरियामा रहेका ७ हजार नेपाली जनमानसले मान्यता नदिए पनि ती केहि नेताद्वयहरु आफ्नै तालमा नाचिरहेका छन । दिन भरि पसिना बगाएर कमाएको पैसाले राजकुमार पारस र नेताहरुलाई कोरियाली उपहार पनि चढाई रहेका छन । आफ्नै पैसा लगानी गरेर अनर्तरक्रियाको फेशन पनि गरी रहेक छन । अनर्तरक्रियाको बिषय वस्तुलाई छाडेर आफ्नो नामको प्रचार प्रसार गरी रहेका छन । कोरियामा कस्ले के ग-यो ? त्यो व्यत्ति कुन पार्टिको हो भन्ने वाहियत कानेखुसी गरेर नेताहरुलाई रुझाई रहेका छन।

असारे झरिमा उम्रेको च्याउ झै नेताहरु आउदै पछि नयाँ नयाँ समितिको गठन गरि रहेका छन । त्यस नयाँ समिति गठनको सदस्य तालिकामा हेर्नेहो भने तीनै केहि व्यत्तिहरु हुन्छन जो हिजो अर्का पार्टिका सदस्यहरु हुन्‍छन l यसरी नेपाली राजनितिक चरित्र कोरिया भुमिमा स्पष्ट देखाई रहेको छ । नेपालमा पार्टि फुटी रहेको छ भने कोरियामा व्यत्ति फुटिरहेको छ । हाल कोरियामा लोकतन्त्रको दुरुपयोग सिदान्तको उपहास,स्वतन्त्रको विकृती,एक्यबद्वतामा विचित्रको विडम्बना आएको छ । हाल कोरियामा ५० वटा जति समिति संघ संस्थाहरुको स्थापना भई सकेको छ । ती मध्ये १०,१२,वटा मात्र स्थाई र व्यवस्थीत छन । अरु सबै नाम मात्रका समितिहरु छन । समिति प्रमुखको सम्पर्क नहुनुको साथै पत्रचार गर्ने ठेगाना पनि हुदैन । तर पनि ठूला ठूला कार्यक्रम गर्दा आफ्नो गोजीको पैसा लगानी गरेर भए पनि समितिको नाम जोगाई रहेको हुन्छ । कुनै कुनै समिति त कार्यक्रम गर्नैको लागी मात्र पनि स्थापित छन । सहयोग भन्दा पनि साँस्कृतीक व्यापार गरेर व्यात्तिगत स्वार्थ लिई रहेका छन । आफ्नो व्यत्तिगत स्थान र व्यत्तिगत स्वार्थले प्रवासी भुमिमा नेपाली एक्यबद्वताको नाम शुन्यमा हराउने र नेथ्यमा विलाउने छ। च्याउ उम्रन भन्दा अघिनै कसैले कुल्ची दिन सक्ने छ ?

राजतन्त्र राख्‍ने अमेरिकी मास्टर माईण्ड

आश्विन ३ गते,

अमेरीकाले सोभियत संघ टुक्राएको मास्टर माईण्ड नेपालको राजतन्त्र राख्‍ने बिषयमा चालु भई सकेको अन्तराष्ट्रिय चाइनिज समाचार पत्र खनसीआछयेआबाओले जनाएको छ। अमेरीकी सहायक गृहमन्त्री वाउचरले मे २,३ तारिखसम्मको भ्रमण क्रममा नेपालको उच्च स्तरीय राजनैतिक नेताहरु संगको भेटमा अमेरीकाले पुन आर्थिक सहयोग दिने वाचा गरेको पनि बताएको छ । सो समाचार पत्रको अनुसार हालै ने.क.प (माओबादी) र सरकार पक्षबाट पठाएको हातहतियार सम्बन्धी संयुत्त राष्ट संघलाई पठाएको पत्र अनुसार संयुत्त राष्ट संघको हातहतियार विषेशज्ञ नभई अमेरिकी सैनिक टोली हुन सक्ने सम्भावना अधिकतम रहेको बताएको छ ।

अमेरिकाले नेपाललाई प्रति बर्ष दिई रहेको आर्थिक सहयोग राजा ज्ञानेन्द्रले माघ १९ गतेमा गरेको निरंकुश शासनको घोषणा पश्‍चायात बन्द गरिएको थियो जन चेतनशील तथा लोकतन्त्रवादी नेपालीहरुको अगाडी राजा ज्ञानेन्द्रको निरंकुश शासनले कुनै स्थान लिन सकेन । फलस्वरुप वैसाख ११ गते राजा ज्ञानेन्द्रले आफ्नो पारिवारीक सुरक्षाको निम्ती सांसदको पुन स्थापनाको घोषणा गरयो । सांसदको पुस्थापना पछि जेष्ठ ४ गते प्रतिनिधि सभाको घोषणा पत्र गरिएको थियो । प्रतिनिधि सभाको घोषणा पत्र पश्‍चात अमेरिकी सरकारले पुन नेपाललाई प्रतिबर्ष आर्थिक सहयोग स्वरुप ४० करोड अमेरिकी डलर दिने योजना रहेको बताएको छ । अमेरिकाले आतंकवादीसंगको लडाईमा आँफुले गर्न सक्ने सहयोग गर्ने घोषणा गरेको थियो । माओवादीले हातहतियार नछोडेमा माओवादलाई पनि आतंकवादीको संज्ञामा गनिने घोषणा गरी सकेकोछ ।अमेरीकाको नजरमा हातहतियार उठाउने आतंकवादी हो भने कम्यूनिष्ट दुस्मन। नेपालको भुभागलाई हेर्ने हो भने ४० प्रतिशत कम्यूनिष्टहरुले आफ्नो कब्जामा लिई सकेको छ । जसले गर्दा अमेरिकाको आंखामा धुलो पस्न सक्छ ।

विश्‍वको जनसंख्यामा प्रथम चीन,चीनको एकदमै तिब्ररुपमा भई रहेको विकास । त्यस्तै गरेर विश्‍वको जनसंख्यामा दोस्रो भारत,भारत न्यूक्लीयर बम र कमप्युटर सोफ्टवोयरको धनी राष्ट आतंक विरुद्व नेपालमा आफ्नो सैनिक सम्पर्क स्थान राखेर प्राविधिक औजार द्वारा सम्पूर्ण एशिया तथा दुई देशको नजिकबाट निगरानी गर्ने मास्टर माईण्‍ड पनि चालु भई सकेको छ। प्रधानमन्त्री गिरिजा प्रसाद कोईरालाको हडडी नभएको जिब्रोले राजालाई राजनैतिक स्पेश दिनुपर्छ भन्ने, नेपाली कांग्रेसका महामन्त्री के बी गुरुङले राष्टाध्याक्ष हुनु पर्छ भन्ने बिषयलाई निवारण गर्दा यो अमेरिकी मास्टर माईण्डको एक नमुना पनि हुन सक्छ । राजावादी नेपाली कांग्रेसका संस्थापन पक्षका कृष्ण प्रसाद भटृराईसंगको पार्टि एकिकरण वार्ता, जनजाती, आदीवासी तथा राजधानीमा अज्ञात व्यत्ति द्वारा भई रहेको हडताल, अशान्ती, हिंसात्मक कार्यहरु पनि अमेरिकी मास्टर माईण्डका नमुना हुन सक्छ ?

September 10, 2006

Hello world!

Filed under: अन्य

 

This blog is under construction , Thank you for visit it.

 

Welcome to your new blog. This is your first post. Edit or delete it, then start blogging!

An email has been sent to you giving you details of how to log in to the administration section. From there you can change the design by clicking on the tab MANAGE and then click on the tab THEMES. If you have any questions, ask them in the forums — we are only too willing to help.

Get free blog up and running in minutes with Blogsome
Theme designed by Ian Main

free html counters